१७ वैशाख २०८३, बिहिबार
Thu, Apr 30, 2026
SUBSCRIPTION

मस्कले बर्खास्त गरेका फेडेरल इम्प्लाई आन्दोलनमा (भिडियो)

मस्कले बर्खास्त गरेका फेडेरल इम्प्लाई आन्दोलनमा (भिडियो)

न्यू योर्क। इलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी (डज) ले बर्खास्त गरेका सयौं कामदार आन्दोलनमा उत्रेका छन्। उनीहरूले बुधबार म्यानह्याट्नस्थित जेकब जेबिट्स फेडेरल बिल्डिङ परिसर र फोली स्क्वायरमा नारा जुलुस गरेका छन्।

डजले फेब्रुअरी २०, २०२५ सम्म दुई लाख २० हजार कामदार बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यसमा परीक्षणकालमा रहेका कामदारका संख्या ठूलो छ। कटौतिमा लगभग सबै मुख्य फेडेरल एजेन्सीका कामदार छन्। 

 

 

प्रदर्शनीको अगुवाई अमेरिकन फेडेरेसन अफ गभर्मेन्ट इम्प्लोइज (एएफजीई) र इन्टरनेसनल फेडेरल अफ प्रोफेसनल एण्ड टेम्निकल इन्जिनियर्स (आईएफपीटीई) ले गरेका थिए। उनीहरूले बर्खास्त गरिएका कामदारलाई पुनस्थापना गर्न र इलन मस्कलाई राजिनामा दिन माग गरेका थिए। प्रदर्शनमा देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम), न्यू योर्क स्टेट नर्सेस एसोसियसन, सर्भिस इम्प्लोइज इन्टरनेसनल युनियन बीजे ३२, नेसनल ट्रेजरी इम्प्लोइज युनियन लोकल ३३५ लगायतका दर्जनौं संघसंस्था थिए। उनीहरुलाई प्रहरीले निगारानी गरेको थियो।

बखास्तगीमा पर्ने धेरैजसो कामदारलाई ‘गुणस्तरिय’ काम नगरेको भन्दै पत्र थमाइएको छ। एएफजीईले ती कामदारहरु राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नु भन्दा अघि नियुक्त गरिएकाले बर्खास्त गरिएको दाबी गरेको छ। एएफजीईले उनीहरुलाई राजनीतिक उदेश्यले बर्खास्त गरेको आरोप लगाएको छ।

बर्खास्तगी विरुद्ध अदालतमा मुद्धा चलिरहेको छ। अदालतले बर्खास्तगीको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको मुद्धाको भने विपक्षमा फैसला गरेको छ।

प्रतिक्रिया