२३ फागुन २०८२, शनिबार
Sat, Mar 7, 2026
SUBSCRIPTION

न्यू ओर्लियन्स र लस भेगास घटनामा प्रयोग भएका गाडी एउटै रेन्टल कम्पनीका, दुबै घटनामा सम्बन्ध छ की भन्ने अनुसन्धान भइरहेको राष्ट्रपति बाइडनको भनाई

दुबै घटनमा प्रयोग गरिएका गाडीहरू “टुरो“ नामक पियर–टु–पियर कार भाडा सेवा मार्फत भाडामा लिएको देखिएको हो ।
न्यू ओर्लियन्स र लस भेगास घटनामा प्रयोग भएका गाडी एउटै रेन्टल कम्पनीका, दुबै घटनामा सम्बन्ध छ की भन्ने अनुसन्धान भइरहेको राष्ट्रपति बाइडनको भनाई

 

न्यू योर्क । लुइसियाना राज्यको न्यू ओर्लियन्समा १५ जनाको ज्यान जानेगरी भएको घटना र लस भेगासको ट्रम्प होटल बाहिर भएको गाडी विष्फोटको घटनामा प्रयोग भएका गाडीहरु एउटै रेन्टल कम्पनीबाट भाडामा लिएको देखिएको अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । दुबै घटनमा प्रयोग गरिएका गाडीहरू “टुरो“ नामक पियर–टु–पियर कार भाडा सेवा मार्फत भाडामा लिएको देखिएको हो । 


दुबै घटनाका सवारी साधान भाडामा लिएको भेटिएको र एउटै रेन्टल कम्पनीको समेत देखिएकोले दुबै घटनाहरु एकअर्कामा सम्बन्धीत छ कि भनेर अनुसन्धान शुरु भएको सुरक्षा अधिकारीहरुले जनाएको छ । नयाँवर्षका पहिलो दिन भएको दर्दनाक घटनाहरु बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जो बाइडेनले पनि ती घटनाहरु एकआर्कामा सम्बन्धीत छ कि भनेर अनुसन्धान शुरु भएको जानकारी दिएका छन् । बाइडेनले ती घटनाहरुको भत्सर्ना गर्दै आतंकावादी क्रियाकलापलाई समाप्त पार्न अमेरिका सक्षम रहेको समेत बताए । न्यू ओर्लियन्समा भएको घटनामा संलग्न गाडि डाइभर इस्लामिक संगठन आइसीससंग आवद्ध देखिएकोले सो आक्रमण आतंकावादी आक्रमण भएको अनुसन्धानमा संलग्न प्रहरीले दावी गरेका छन् । राष्ट्रपति बाइडनले बुधबार राति क्याम्प डेविडबाट दिएको छोटो सम्बोधनमा समेत आक्रमणकारी आइसीसबाट प्रेरित रहेको बताएका छन् । 


नयाँ वर्षको दिन बिहान भएको घातक आक्रमणमा परि मृत्यु हुनेका संख्या १५ पुगेको छ । आक्रमणकारी, ४२ वर्षीय शम्सुदिन बहार जब्बार रहेको र उनको समेत प्रहरीको गोलीबाट मृत्यु भएको छ । टेक्सास राज्यका निवासी जब्बार आर्मी भेट्रान समेत रहेको खुलेको छ । लुजानियाको न्यू ओर्लियन्सको बोर्बन स्ट्रीटमा डेलिभरी पिकअप ट्रक चलाएर नयाँवर्षको उत्सव मनाइरहेका मानिसको भीडमा ठक्कर दिदा  १५ भन्दा बढीलाई मृत्युको मुखमा पुर्याएका थिए भने ३० जना घाइते भएका छन् । जब्बारले दुर्घटना पश्चात स्थानीय प्रहरीलाई समेत गोली चलाएपछि उनी पनि प्रहरीको गोलीबाट मारिएका थिए ।

घटनाको अनुसन्धान गरिरहेका संघीय अनुसन्धानकर्ताहरूले शम्सुद्धिन बहार जब्बारले सामाजिक संजालमा भिडियो पोस्ट गरेर आइसिसप्रति आफ्नो सम्मान जनाएको भेटिएको उल्लेख गरेका छन् । उनले आफ्नो परिवारसँग सम्बोधन गर्ने क्रममा “मार्ने इच्छा“ राखेको समेत सुरक्षाकर्मीहरुले जनाएका छन् । जब्बारको ट्रकमा आइसीसको झण्डा, हतियार र सम्भावित विस्फोटक सामग्री भेटिएको थियो। अधिकारीहरूले अहिले यस आक्रमणसँग जोडिएका सम्भावित आतंकवादी गतिविधिहरूको अनुसन्धान शुरु गरेको जनाइएको छ । 

उता, नयाँ वर्षको पहिलो दिन नै लस भेगस शहरमा ट्रम्प अन्तर्राष्ट्रिय होटेलको बाहिर भएको विस्फोटमा एक जनाको मृत्यु र सात जना घाइते भएका छन् । होटेलको मुख्यद्धारमा रोकेर राखिएको टेस्ला कम्पनीको साइबरट्रक गाडी आगलागिपछि विस्फोट भएको स्थानीय सुरक्षाकर्मीहरुले बताएका छन् । घटनामा गाडी चालकको मृत्यु भएको जनाइएको छ । विष्फोट भएका गाडीमा इन्धन र विष्फोटक सामाग्रीहरु रहेको बताइएको छ । नयाँ वर्षको पहिलो दिन नै भएका यी संद्धिग्ध घटनाहरुका कारण अमेरिकामा सुरक्षा चुनौति थपिएको सर्वत्र महशुस गरिएको छ । 

 

प्रतिक्रिया