न्यू योर्क। अमेरिकाका ३९औं राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ। उनको डिसेम्बर २९, २०४ मा एक सय वर्षको उमेरमा निधन भएको हो।
जोर्जियामा जन्मिएका कार्टर डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका थिए। उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समय बाँच्ने राष्ट्रपति हुन्। कार्टर मुख्य रुपमा मध्य पूर्वमा भएको शान्ति प्रक्रियाका लागि सम्झिइन्छन्। त्यसबाहेक उनी विश्वव्यापी रुपमा स्वास्थ र मानवअधिकार अभियानका लागि चर्चित छन्। उनले २००२ मा मानवअधिकार र अन्तराष्ट्रिय सम्बन्धमा चालेको अभियानका लागि नोबेल शान्ति पुरस्कार पाएका थिए।
उनको मृत्युलाई लिएर विश्वभरका चर्चित व्यक्तित्वहरुले समवेदना र शोक वक्तव्य जारी गरेका छन्। त्यसमा वेलायतका राजा चाल्र्स तृतीय, राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा लगायतका छन्। शोक वक्तव्य आउने क्रम जारी छ। कार्टरको तीन छोरा, एक छोरी ११ नातिनातिनी, १४ पनातिपनातिनी छन्। कार्टरको श्रीमितिको गत वर्ष निधन भएको थियो।




प्रतिक्रिया