न्यू योर्क। नियमित कर दाखिला नगर्दा अमेरिकाका विभिन्न राज्यमा दर्ता भएका करिब डेढ सय नेपाली सामाजिक सङ्घसंस्थाहरुको ५०१ (सी) ३ हैसियत खारेज भएको छ। यसरी ५०१ (सी) ३ हैसियत गुमाएका संस्थाहरूमा चर्चित तथा सक्रिय नेपाली सामुदायिक संस्थाहरू समेत रहेका छन् । इन्टर्नल रेभेन्यु सर्भिस (आइआरएस) को प्रावधान अनुसार अब यस्ता संस्थाहरूले आफूलाई ५०१ (सी) ३ संस्था भनेर चन्दा लिन पाउदैनन् ।
निरन्तर तीन वर्ष कर दाखिला (ट्याक्स फाइल) नगरेपछि इन्टर्नल रेभेन्यु सर्भिस (आइआरएस) ले उनीहरूको ५०१ (सी) ३ हैसियत खारेज गरिदिएको हो। यससँगै उनीहरूले आफूलाई ५०१ (सी) ३ भनेर चन्दा सङ्कलन गर्न नपाउने भएका हुन्। ‘खारेजीमा परेपछि फाइभ ओ वान सी थ्री भनेर चन्दा माग्नु कानून विपरित हुन्छ,’ क्विन्सस्थित लामा एकाउन्टिङका सिपिए नाम्गेल लामाले भने।
कतिपय सङ्घसंस्थाले आर्थिक अनुशासन कायम गर्न नसक्दा निरन्तर तीन वष कर दाखिला नगरेका र ५०१ (सी) ३ हैसियत गुमाएका हुन्। केहिमा भने आथिक अपचलनका कारण पनि यस्तो अबस्था आएको बताइन्छ।
खारेजीमा परेका संस्थाले परोपकारी संस्थाका हैसियतमा सरकारबाट पाउँदै आएको कर छुट पाउने छैनन्। उनीहरूले चन्दा लिए पनि दातालाई ‘हामी ५०१ (सी) ३ संस्था होइनौ’ भनेर जानकारी दिनुपर्छ। दाताले चन्दा दिएको रकममा कर छुट खोज्ने भएकाले चन्दा लिने संस्थाले आफ्नो ५०१ (सी) ३ हैसियतबारे जानकारी दिनुपर्छ। साथै, ५०१ (सी) ३ हैसियत खारेजीमा परेका सङ्घसंस्थाले चन्दा रकमलाई आम्दानीका रुपमा व्यवसायिक संस्था सरह कर तिर्नु पर्छ। यसले यी सङ्घसंस्थाको परोपकारी भूमिका र विश्वसनीयतामै प्रश्न उब्जाउँछ।
आइआरएसबाट प्राप्त विवरण अनुसार न्यू योर्क सिटीमा मात्र दुई दर्जन भन्दा बढी नेपाली संस्थाहरूको ५०१ (सी) ३ अर्थात परोपकारी हैसियत खारेज भएको छ । यसमा चर्चित तथा सक्रिय संस्थाहरू नेपाल डे परेड इंक, तामाङ समाज अमेरिका इंक, मुस्ताङ किदुग युएसए इंक, , इन्टरनेशनल नेपाल लिटिरेरी सोसाइटी न्यू योर्क च्याप्टर लगायतका सङ्घसंस्था पर्छन् (सूची हेर्नुहोस्)।
‘धेरै सङ्घसंस्थाले अर्थ, महत्व र फाइदा नबुझी लहडमा फाइभ ओ वान सी थ्री लिएको देखिन्छ,’ नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) का महासचिव दीपक चौधरी भन्छन्, ‘कतिपय सङ्घसंस्थालाई एकपटक फाइभ ओ वान सी थ्री लिएपछि सधैँका लागि हो भन्ने भ्रम पनि परेको हुनसक्छ छ।’ चौधरी थारू एण्ड फ्रेन्ड्स एशोसियसनलाई प्रतिनिधित्व गर्दै फिप्नाका महासचिव बनेको हुन्। तर, उनकै मातृ संस्था थारू एण्ड फ्रेन्ड्सको समेत ५०१ (सी) ३ समेत कोभिड १९ महामारीका बेला खारेजीमा परेको थियो। ‘थारू एण्ड फ्रेन्ड्स एशोसियसन न्यू मेक्सिकोमा दर्ता भएको संस्था हो,’ उनी भन्छन्, ‘केही प्राविधिक र केही व्यवहारिक कठिनाइका कारण हाम्रो संस्थाको फाइभ ओ वान सी थ्री कोभिड महामारीका बेला खारेज भएपनि हामीले पुनः प्राप्ति गरिसकेका छौं।’
कतिपय सङ्घसंस्थाले आर्थिक अनुशासन कायम गर्न नसक्दा निरन्तर तीन वर्ष कर दाखिला गर्न नगरेको र ५०१ (सी) ३ हैसियत गुमाएका हुन्। केहीमा भने आर्थिक अनियमितताका कारण पनि यो अवस्था आएको अनुमान छ। ‘धेरैमा भने सङ्गठन के हो, संस्थागत विकास कसरी हुन्छ भन्ने ज्ञानको अभाव छ,’ महासचिव चौधरी भन्छन्, ‘नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिले यस्ता विषय र जटिलताबारे सिकाउने प्रचलन कम छ।’
चौधरी ५०१ (सी) ३ हैसियत प्राप्त संस्था हुनुको फाइदा धेरै भएको बताउँछन्। ‘जुम र क्यान्भाले आफ्नो प्ल्याटफर्म निःशुल्क उपलब्ध गराउँछ,’ उनी उदाहरण दिँदै भन्छन्, ‘दाताले पत्याउँछन्, कर छुटमात्र फाइदा होइन।’ त्यस्तै अनुदान (ग्रान्ट) प्राप्त गर्न पनि ५०१ (सी) ३ संस्था हुनुपर्छ। भोलिन्यिर कामका लागि पनि ५०१ (सी) ३ संस्था नै छानिन्छ, किनभने यस्ता संस्था उदेश्य केन्द्रित र जनविश्वास प्राप्त हुन्छन्।
आाइआरएसले कुनै पनि सामाजिक संस्थाको ५०१ (सी) ३ हैसियत खारेज हुनुमा नियमित कर दाखिला नगर्ने लगायत विभिन्न कारणहरु तोकिएको छ । व्यक्तिगत लाभका लागि काम गरे, राजनीतिक गतिविधि गरे, आइआरएसले तोकेको सीमा नाघेर लबिङ गरे, आइआरएसले तोकेको परोपकारी, शैक्षिक, धार्मिक वा वैज्ञानिक लगायतका कर छुट दिइने क्षेत्रभन्दा बाहिर गएर काम गरे, रकम दुरुपयोग गरे वा अन्य कानूनी प्रावधान मिचेर काम गरे पनि ५०१ (सी) ३ खारेजीमा पर्छ।
कर दाखिला नगरेर खारजीमा परेका सङ्घसंस्थाको ५०१ (सी) थ्री भने पुनः प्राप्त गर्न भने सकिन्छ। त्यसका लागि आफ्नो एकाउण्टेन्टको सहायता लिन सिपिए लामा सुझाव दिन्छन्। ‘फाइभ ओ वान सी थ्री खारेज भयो भनेर सबैले आत्तिहाल्नु पर्दैन,’ उनी भन्छन्, ‘फाइभ ओ वान सी थ्री स्टाटस पुनः प्राप्त गर्न सकिन्छ। तर, केही समय लाग्छ। आफ्नो एकाउण्टेन्टलाई सम्पर्क गर्नुहोस्।’(भिडियो हेर्नुहोला)
५०१ (सी) ३ स्टाटस गुमाएका न्यू योर्कका नेपाली सङ्घसंस्था
नेपाल एडल्ट अर्थोपेडिक हस्पिटल, न्यू योर्क
नेपाल सोलुसन्स फाउण्डेसन, कोलोराडो
युनाइटेड नेप्लीज डेमक्रेटिक फोरम, उडसाइड, एल्महस्र्ट, न्यू योर्क
नेपाल पब्लिक रिलेसन्स कमिटी, न्यू योर्क सेवेन्थ एभेन्यु
नेपाल अमेरिका कल्चरल एशोसियसन इंक, एल्महस्र्ट, न्यू योर्क
उद्यमी नेपाली, म्यानह्याट्न, न्यू योर्क
इन्टरनेशनल नेपाल लिटरेरी सोसाइटी, न्यू योर्क च्याप्टर, रेगो पार्क, न्यू योर्क
अमेरिका नेपाल इन्टरप्रेनरसिप एशोसियसन इन्क, रिजउड, न्यू योर्क
युएस नेपाल फाउण्डेसन इन्क, म्यानह्याटन, न्यू योर्क
नेप्लिज अमेरिकन फाउण्डेसन इन्क, कोरोना न्यू योर्क
नेप्लिज अमेरिकन युथ एशोसियसन इंक, रिजउड, न्यू योर्क
नेपाल जुडो एशोसियसन इंक, रिजउड, न्यू योर्क
नेपाल अमेरिका आर्टिस्ट एशोसियसन इंक, एल्महस्टं, न्यू योर्क
लङ आइल्याण्ड नेप्लिज सोसाइटी इन न्यू योर्क इंक, लङ आइल्याण्ड, न्यू योर्क
नेपाल एडप्टिभ फेमिलिज एशोसियसन, म्यानह्याटन, न्यू योर्क
हिमालयन बुद्धिस्ट कम्युनिटी अफ नेपाल इन युएसए इंक, उडसाइड, न्यू योर्क
वल्र्ड फेडेरेसन अफ नेप्लिज कम्युनिटी एशोसियसन इंक, उडसाइड, न्यू योर्क
नेपाल डे परेड इंक, एल्महस्र्ट, न्यू योर्क
भिजन फर नेपाल इंक, एल्महस्र्ट, न्यू योर्क
तामाङ समाज अमेरिका इंक, एल्महस्र्ट, न्यू योर्क
किरात कम्युनिटी अफ ग्रेटर रोचेस्टर, न्यू योर्क
ह्योल्मो युथ क्लब इंक, उडसाइड, न्यू योर्क
गोर्खा इन्टरनेशनल एड एजेन्सी, नर्थ क्यारोलिना
रिजन गोर्खाली युएसए इंक, बफेलो, न्यू योर्क
गोर्खाली समाज इंक, एल्महस्र्ट, न्यू योर्क
मुस्ताङ किदुग युएसए इंक, एल्महस्र्ट न्यू योर्क
५०१ (सी) ३ स्टाटस गुमाएका अन्य राज्यका नेपाली संघसंस्था:
इन्टरनेशनल नेपाल फेलोशिप नर्थ अमेरिका, ओमाहा, नेब्रास्का
नेपाल सोलुसन्स फउण्डेशन, कोलोराडो
नेपाल व्हाट मोर क्यान वि डु, फिलाडेल्फिया
नेपाल पब्लिक हेल्थ ट्ेरिनिङ नेटवर्क इंक, अलस्का
नेप्लिज अमेरिकन सिनियर कम्यूनिटी, मेरिल्याण्ड
शिकागो एण्ड नेपाल फ्रेण्डशिफ एनएफडी, शिकागो
मदरल्याण्ड नेपाल, क्यालिफोर्निया
यएस नेपाल मिडिया सेन्टर, न्यू जर्सी
नेपाल वुमन्स ग्लोबल नेटवर्क, मिजौरी
एशोसियसन अफ नेप्लिज फिजिसियन इन अमेरिका, न्यू जर्सी
नमस्ते नेपाल हेल्पिङ हिमालयन चिल्ड्रेन इंक, क्यालिफोर्निया
प्लानेट नेपाल फउण्डेसन, क्यालिफोर्निया
बे एरिया नेपाली वुमन अर्गनाइजेसन, क्यालिफोर्निया
इन्टरनेशनल नेपाली लिटिरेरी, कोलोराडो
ट्रायड नेप्लिज कम्युनिटी सेन्टर इन्क, नर्थ क्यारोलिना
नेपाल कम्युनिटी डेभलपमेन्ट, मिशिगन
युनायटेड ह्याण्ड्स् टु नेपाल इन्क, ओहायो
नेपाल युएस सेन्टर फर इन्डिजिनियस कम्युनिटी डेभलपमेन्ट, म्यासाचुसेट्स
प्रवासी नेपाली मञ्च, टेक्सस
नेपाल एजुकेशनल फण्ड इन्क, क्यालिफोर्निया
नेपाल हेल्थ प्रोजेक्ट, क्यालिफोर्निया
इन्टरनेशनल नेपाली लिटिरेरी सोसाइटी फ्लोरिडा च्याप्टर इंक, फ्लोरिडाअमेरिकन नेप्लिज कंगोलिज इन्क, ओहायो
एजुकेशन फउण्डेसन अफ नेपाल, शिकागो
नेपाल च्यारिटेबल फउण्डेसन, क्यालिफोर्निया
इम्पावर दलित वुमन अफ नेपाल इन्क, म्यासाचुसेट्स
नेपालको युवा, टेक्सस
नेप्लिज सोसाइटी अफ क्यालिफोर्निया, क्यालिफोर्निया
लिभिङ वाटर फर नेपाल, मिसिसिपी
सपना नेपाल इंक, फ्लोरिडा
नेपाल चिल्ड्रेन फउण्डेशन अफ क्यान्सास, क्यान्सास
आशा फर नेपाल, कनेक्टिकट
नेपाल अमेरिकन सेन्टर एनएफपी, इलिनोइस
आइज इनसाइड नेपाल इंक, क्यालिफोर्निया
अमेरिका नेपाल च्याम्बर अफ कमर्स, क्यालिफोर्निया
इन्लाइटन नेपाल, कोलोराडो
इन्टरनेशनल नेपाल लिटिरेरी सोसाइटी बस्टन च्याप्टर, म्यासाचुसेट्स्
टेक्सारकाना नेपाली एशोसियसन, टेक्सास
कम्युनिटी सर्भिस अफ नेपाल– युएसए, युटा
इन्टरनेशनल नेप्लिज चर्च, क्यालिफोर्निया
एभरेष्ट नेपाल ग्रुप अफ अस्टिन, टेक्सास
नेप्लिज स्टेडेन्ट एशोसियसन, वाशिङ्टन
फेडेरेशन अफ इन्डिजिनियस पिपुल अफ क्यालिफोर्निया, क्यालिफोर्निया
नेपाल हाउस अफ होप, ओरेगन
नेप्लिज वुमन भोलिन्टियर ग्रुप, भर्जिनिया
क्यान्सास सिटी नेप्लिज सोसाइटी, क्यान्सास
नेपाल युथ फण्ड इंक, भर्जिनिया
भाइब्रेन्ट नेप्लिज अफ नर्दन भर्जिनिया, भर्निनिया
नेपाल अर्थक्वेक भिक्टिम्स, पेन्सिलभेनिया
फ्रेण्ड्स् अफ नेपाल डकोटाज, साउथ डकोटा
नेपाल अर्थक्वेक रिलिफ फण्ड, लुजियाना
नेपाल अर्थक्वेक २०१५, म्यासाचुसेट्स्
हेल्प नेपाल, नर्थ क्यारोलिना
नेपाल अर्थक्वेक रिलिफ, ओक्लाहोमा
नेप्लिज स्टुडेन्ट एशोसियसन द युनिभर्सिटी अफ टेक्सास एट एल पासो, टेक्सास
नेप्लिज स्टुडेन्ट स्कलरशिप फण्ड, टेक्सास
नेपाल अर्थक्वेक रिलिफ– तुल्सा, ओक्लाहोमा
डा. न्यौपाने एण्ड कल पोखरेल नेपाल भिक्टिम फण्ड, वायोमिङ
इन्टरनेशनल नेप्लिज आर्टिस्ट एशोसियसन, कोलोराडो
केन्टुकी नेपाली सोसाइटी, केन्टुकी
नमस्ते हेल्प नेपाल, मिनेसोटा
क्लिन नेपाल नेटवर्क इंक, टेक्सास
डल्स फर नेपाल, टेक्सास,
नेप्लिज रिबिल्ड, ओरेगन
स्ट्याण्ड फर नेपाल, टेक्सास
आइज अन नेपाल, न्यू मेक्सिको
नेप्लिज स्टुडेन्ट एशोसियसन एट द युनिभर्सिटी अफ एरिजोना, एरिजोना
नेपाल रिलिफ फण्ड रेजर, इलिनोइस
नेपाल आमा फउण्डेशन, टेक्सास
नेपाल अर्थक्वेक भिक्टिम, मिशिगन
युनाइटेड नेपाल फउण्डेशन, अलाबामा
राइजिङ नेपाल, टेक्सास,
मेडिकल आउटरिच नेपाल, क्यालिफोर्निया
प्रोजेक्ट नेपाल, क्यालिफोर्निया
कोलोराडो नेपाल युथ क्लव, कोलोराडो
नेपाल वाइल्ड लाइफ ट्रष्ट, मेरिल्याण्ड
अमेरिकन नेप्लिज फोरम, मेरिल्याण्ड
नेप्लिज युथ अर्गनाइजेसन, भर्जिनिया
सोसाइटी फर ओपन नेपाल, क्यालिफोर्निया
युएस सेन्टर फर इन्डिया नेपाल मिसन, क्यालिफोर्निया
युथ फर नेपाल, म्यासाचुसेट्स्
हेल्थ एण्ड एजुकेसन फर नेपाल, टेक्सास
नेपाल डाइरेक्ट इफेक्ट्स्, कोलोराडो
नेप्लिज वुमन्स हेल्थ फउण्डेसन, वाशिङ्टन
बोइज नेप्लिज एशोसियसन, आइडाहो
नेपाल सनराइज मिनिस्ट्रिज्, कोलोराडो
एचिभ नेपाल, युटा
रिह्याव नेपाल इन्कर्पोरेटेड, म्यासाचुसेट्स्
अमेरिका नेपाल कल्चर एण्ड म्युजिक सोसाइटी इंक, न्यू जर्सी
नेपाल राइजेज, न्यू जर्सी
युनाइटेड स्टेट्स्– नेपाल पलिसी रिसर्च सेन्टर, टेक्सास
एड फर नेपाल, क्यालिफोर्निया
अमेरिका– नेपाल क्लिन वाटर, टेक्सास
नेपाल वुमन्स ग्लोवल नेटवर्क, म्यासाचुसेट्स्
चिल्ड्रेन्स क्यान्सर नेपाल, आयोवा
डान्स डिसेबिलिटी अवेरनेस फर नेपाली चिल्ड्रेन इम्पावरमेन्ट, वाशिङ्टन
नेप्लिज कम्युनिटी फउण्डेसन इंक, हवाई
इन्टरनेशनल नेप्लिज आर्टिस्ट सोसाइटी, भर्जिनिया
क्राइस्ट विलिभर नेपाली चर्च, विस्कन्सिन
नेपाल डेभलपमेन्ट ग्रुप एनएफपी कोर इंक, क्यालिफोर्निया
फण्ड फर रुरल मोनस्ट्री एजुकेशन नेपाल इंक, जोर्जिया
ग्लोबल नेपाली स्पिकिङ क्रिस्चियन फेलोशिप इंक, टेक्सास
इन्टरनेशनल नेपाली क्रिश्चियन मिडिया नेटवर्क इंक, ओहायो
लिफ्ट अप नेपाल, क्यालिफोर्निया
रिच आउट नेपाल इंक, पेन्सिलभेनिया
नेप्लिज अमेरिकन परियार एशोसियसन, क्यालिफोर्निया
इन्स्टिच्युट फर नेपाल, प्mलोरिडा
नेपाल क्रिश्चियन स्कूल, आयोवा
युनाइटेड नेपाल, भर्जिनिया
फ्रेन्ड्स् अफ नेपाल फउण्डेशन, वाशिङ्टन
नेपाल तिबेटन एजुकेशन सेन्टर, क्यालिफोर्निया
अमेरिका नेपाल सोसाइटी अफ क्यालिफोर्निया इंक, क्यालिफोर्निया
गुर्खाज इन्टरटेनमेन्ट, मेरिल्याण्ड
तामाङ बुद्धिस्ट सोसाइटी ओहायो
तामाङ सोसाइटी अफ अमेरिका टिएसएनए इंक वाशिङ्टन डिसी
तामाङ सोसाइटी अफ पेन्सिलभेनिया एसोसियसन
ताम्दिङ गुरुङ बोन टिचिङ फउण्डेशन, न्यू जर्सी
गुरुङ कम्युनिटी अफ मिनेसोटा, म्यापलउड मिनेसोटा
पालदोर्जे शेर्पा फउण्डेशन, वाशिङटन
हिमालयन शेर्पा क्लब अफ सोनोमा क्यालिफोर्निया
शेर्पा कम्युनिटी, म्यासाचुसेट्स
शेर्पा इंक, क्यान्सास
शेर्पा सोसाइटी अफ द टेन्थ मिलिटरी, जोर्जिया
द पर्पल शेर्पा इंक जोर्जिया
युएस शेर्पा फउण्डेशन इन्कर्पोरेटेड
सर्भाइभर शेर्पा लस एन्जेलस, क्यालिफोर्निया
लाक्पा छिरी शेर्पा एण्ड दावा तेम्बा, कोलोराडो
नन प्रोफिट शेर्पा, ओहायो
शेर्पा कन्सल्टिङ इंक, विस्कन्सिन
थारु एण्ड फ्रेन्ड्स एशोसियसन, न्यू मेक्सिको
गोर्खा इन्टरनेशनल एड एजेन्सी, नर्थ क्यारोलिना
हिमालयन इम्प्रेसन ओहायो
हिमालयन इन्स्टिच्युट अफ शामबर्ग, इलिनोइस
हिमालयन हेल्पिङ ह्याण्ड्, सान फ्रान्सिस्को, क्यालिफोर्निया
(इन्टर्नल रेभेन्यू सर्भिस (आइआरएस) को ५०१ (सी) ३ खारेज सूचीमा नाम उल्लेख भएका करिब तीन दर्जन संस्थाले उक्त ५०१ (सी) ३ हैसियत पुनः प्राप्त गरिसकेको प्रमाण एनवाइसिनेपाल न्यूजले फेला पारेकाले यो समाचार ती तथ्याङ्कलाई समावेश गरि अध्यावधिक गरिएको छ। एनवाइसीनेपाल न्यूजले आइआरएसको अक्टोबर १४, २०२४ मा प्रकाशित सरकारी तथ्याङ्कलाई आधार मानेर समाचार तयार गरेको थियो। केही संङ्घसंस्थाबाट ५०१ (सी) ३ पुनः प्राप्त भइसकेको प्रमाण प्रस्तुत गरिएपछि एनवाइसिनेपाल न्यूजले झण्डै २०० सङ्घसंस्थाको ५०१ (सी ) हैसियत पुनः परीक्षण गरी करिब तीन दर्जन संस्थाको नाम अद्यावधिक गरेको छ। अध्यावधिक सूचीमा ५०१ (सी) ३ हैसियत पुनः प्राप्त गरिसकेको कुनै संस्थाको नाम पर्न गएको प्रमाण प्राप्त भएमा समाचार त्यसअनुसार अध्यावधिक गरिने छ।- सम्पादक)
प्रतिक्रिया