२३ कात्तिक २०८१, शुक्रबार
Fri, Nov 8, 2024
SUBSCRIPTION

भीड जम्मा पारेर प्रहरी अनुसन्धान र न्यायलयलाई दवाद दिने कार्य लोकतन्त्र र विधिको शासन विपरितः सत्तारुढ दलहरु

सरकारको सय दिन पूरा भएको अवसरमा सरकारमा सहभागी दलहरुको शुक्रबार बसेको संयुक्त बैठकले यस्तो कार्यप्रति गम्भीर असहमति रहेको समेत उल्लेख गरेको छ ।
भीड जम्मा पारेर प्रहरी अनुसन्धान र न्यायलयलाई दवाद दिने कार्य लोकतन्त्र र विधिको शासन विपरितः सत्तारुढ दलहरु

काठमाडौ । सत्तारुढ दलरुले भीड जम्मा पारेर प्रहरी अनुसन्धान प्रभावित गर्ने र न्यायलयलाई दवाद दिने कार्य लोकतन्त्र र विधिको शासन विपरित भएको निश्कर्ष निकालेका छन् । 

सरकारको सय दिन पुरा भएको अवसरमा सरकारमा सहभागी दलहरुको शुक्रबार बसेको संयुक्त बैठकले यस्तो कार्यप्रति गम्भीर असहमति रहेको समेत उल्लेख गरेको छ । बैठकपछि जारी संयुक्त बक्तव्यमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, २०८१ ले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु भएको उल्लेख गर्दै  निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चिताको लागि अनुसन्धान, अभियोजन र न्याय निरुपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्ने जनाएको छ । पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन् । भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ । सहकारी सम्बन्धी  संसदीय छानबिन समितिका सवै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ, वक्तव्यमा भनिएको छ । 

यसै गरी अराजकता र राजनीतिक अस्थिरतालाई बल पुग्ने गरी विभिन्न गतिविधिहरु भएको भन्दै त्यसमा समेत सरकार गम्भीर रहेको जनाएको छ । आफ्नो संविधान आफै बनाएर कार्यान्वयन गरिरहेको अवस्थामा उत्पन्न समस्याको समाधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट खोज्न सकिन्छ र खोज्नु पर्दछ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पु¥याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नभएको वक्तव्यमा उल्लेख छ । सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो । त्यो भन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यता विपरित हुने कुरा स्पष्ट छ । यसप्रति सचेत र सजग रहन हामी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछौं, वक्तव्यमा भनिएको छ । 

                                               

 

प्रतिक्रिया