०९ वैशाख २०८२, मङ्गलबार
Tue, Apr 22, 2025
SUBSCRIPTION

मिल्टन आँधीले ५० बिलियनको क्षति, प्रभावित क्षेत्रमा उद्धारकार्य जारी

फ्लोरिडाको दक्षिणी शहरहरु पूर्वदेखि पश्चिमतटीय क्षेत्रसम्मा आएको आँधीले १४ जनाको ज्यान लिनुकासाथै ५० बिलियन डलर बराबरको क्षेति पुर्याएको हो ।
मिल्टन आँधीले ५० बिलियनको क्षति, प्रभावित क्षेत्रमा उद्धारकार्य जारी

न्यूयोर्क । विनाशकारी आँधी मिल्टनले फ्लोरिडामा ५० बिलियन डलर बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरेको छ । फ्लोरिडाको दक्षिणी शहरहरु पूर्वदेखि पश्चिमतटीय क्षेत्रसम्मा आएको आँधीले १४ जनाको ज्यान लिनुकासाथै ५० बिलियन डलर बराबरको क्षति पुर्याएको हो । 

शनिबार राष्ट्रपति जो बाइडेलले हुरिकेनबाट ५० बिलियन डलर बराबरको क्षति पुर्याएको जानकारी दिदै आफ्नो सरकारले प्रभावित क्षेत्रमा पुरानै अवस्थामा फर्काउन सक्दो प्रयास गरिरहेको बताएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् । “पहिला हामी जहाँ थियो त्यही पुग्नलाई सक्दो प्रयास भइरहेको छ,” जो बाइडेनको भनाई उल्लेख गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, मेरो सरकारको पहिलो प्राथमिकता विद्युतबाट बन्चितहरुलाई विद्युत पुनस्.ःस्थापना गर्ने र बस्तीहरुको भग्नावेश हटाउने हुनेछ ।”

आँधीबेहरीपछि आएको चक्रबात र हावाहुरीमा परि चौध जनाको ज्यान गएको छ । ती मानिसहरुको मृत्यु आँधीका कारण नभई आँधीपछि रुखले किचेर र चक्रवातमा परेर मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । 

आँधीका कारण घर छाडेर हिडेकाहरु विस्तारै घर फर्किन थालेका छन् तर, प्रभावित क्षेत्रमा विजुली तथा सवारीसाधानको इन्धनको हाहाकार हुँदा धेरैलाई पिरोलेको छ । बाढीमा परेकाहरुको उद्धारकार्य पनि जारी रहेको फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले बताएका छन् । उनले प्रभावित क्षेत्रका नागरिकलाई अझैपनि सचेत अपनाउन आग्रह गरेका छन् । मौसमविदहरुले सो क्षेत्रमा अझैपनि बाढी आउन सक्ने चेतावनी दिएका छन् । पश्चिम तटीय क्षेत्रको शहर ओर्लाण्डोको विमानस्थल संचालनमा आएपनि पूर्वीतटीय क्षेत्रको शहर सारासोटाको अन्तरराष्ट्रिय विमानस्थल अक्टोबर १६ बाट मात्र संचालनमा आउने जनाइएको छ । 

प्रतिक्रिया