०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

न्यूयोर्क सिटी काउन्सिलद्धारा पहिलो पटक दशैं कार्यक्रम आयोजना

नेपाली समुदायकासाथै अन्य समुदायको समेत उपस्थिति रहेको दशैं कार्यक्रममा नेपाली दशैं गीतकासाथै अन्य गीतहरु र नृत्य प्रस्तुत गरिएको थियो ।
न्यूयोर्क सिटी काउन्सिलद्धारा पहिलो पटक दशैं कार्यक्रम आयोजना

 

न्यूयोर्क । न्यूयोर्क सिटी काउन्सिलले पहिलो पटक नेपाली हिन्दु धर्मावलम्बिहरुको महान चाढ विजया दशमीको अवसरमा दशैं कार्यक्रमको आयोजना गरेको छ । 

न्यूयोर्क सिटी काउन्सिलका सभामुख एन्ड्रियन इ एडम्स र नेपाली समुदायको बसोबास रहेका डिस्ट्रिकहरुका काउन्सिल सदस्यहरुले आयोजना गरेको दशैं समारोहमा सभामुख एडम्सकासाथै काउन्सिल सदस्यहरुले दशैंको शुभकामना दिएका थिए । नेपाली समुदायकासाथै अन्य समुदायको समेत उपस्थिति रहेको दशैं कार्यक्रममा नेपाली दशैं गीतकासाथै अन्य गीतहरु र नृत्य प्रस्तुत गरिएको  थियो । 

म्यानहटनको सिटीहलमा मंगलबार साँझ आयोजना गरिएको कार्यक्रममा न्यूयोर्क सिटी काउन्सिलका सभामुख एडम्सले विश्वभर छरिएर रहेका नेपालीहरुको महान चाढ देशैंको अवसरमा सबैमा शुभकामना व्यक्त गरे । उनले अमेरिकामा नेपाली समुदायको संख्या बढ्दै गइरहेको उल्लेख गर्दै विविध समुदाय र संस्कृतिका धनी नेपाली समुदायले न्युयोर्क राज्यको विविधतामा थप सौन्दर्यता प्रदान गरेको बताए । 

यस्तै काउन्सिल सदस्यहरु लीन सुलम्यान, शेखर कृष्नान, रिता जोसेफ र लिण्डा लीले दशैंको अवसरमा शुभकामना प्रदान गर्दै बहुसंस्कृतिका धनी नेपाली समुदायसंग सहकार्य गर्न पाउदा आफुहरुलाई खुशी लागेको बताए । उनीहरुले नेपाली समुदायको संख्या न्यूयोर्क सिटीमा उल्यख्य रुपमा वृद्धि भइरहेको उल्लेख गर्दै व्यवसायदेखि लिएर हरेक क्षेत्रमा अघि बढीरहेको भन्दै प्रशंसा समेत गरेका थिए । 

कार्यक्रममा नेपाली समुदायको विकासमा योगदान पुर्याएको भन्दै सिटी काउन्सिलको तर्फबाट कानून व्यवसायी खगेन्द्र क्षेत्री, सरल नेपालीका संचालक पद्मा लिंखा मगर र संचारकर्मी सम्राट कार्कीलाई सम्मान गरिएको थियो । दुर्गा भवागीको शान्ति प्रार्थाणा गरी शुरु भएको कार्यक्रममा गायक प्रज्वल वज्रचार्यले लोकप्रिय नेपाली गीतहरु प्रस्तुत गरेका थिए भने कलाकारहरु गोविन्द राई, एन्जेला साह प्रिन्सा सिंजाली, पलसा थापालगायतले आकार्षक नृत्य प्रस्तुत गरेका थिए । 

 

प्रतिक्रिया