न्यू योर्क। नेपालका प्रधानमन्त्री केपी ओलीले सामुन्द्री सतह वृद्धिले निम्याउने खतराबारे राष्ट्रसंघको ‘हाइ–लेभल प्लेनरी मिटिङ’ लाई सम्बोधन गर्दै समाधानका चार प्रस्ताव राखेका छन्।
बुधबार भएको बैठकमा ओलीले सामुन्द्री सतह वृद्धिबाट निम्तिने खतरा रोक्न ‘माउन्टेन टु सी’ एकिकृत उपक्रम कार्यान्वयन गर्नुपर्ने, तापक्रम वृद्धि १.५ सेल्सियसमा सीमित राख्न साहसिक निर्णय गर्नुपर्ने, विश्वव्यापी रुपमा सामुहिक कदम चाल्न आह्वान गर्नुपर्ने र वातावरण न्याय कार्यान्वयन गरिनुपर्ने बताए।
‘पर्यावरणको अन्तरसम्बन्ध बुझ्नु पर्छ,’ उनले भने, ‘माउन्टेन टु सी इनिसियटिभमा सगरमाथा देखि हिन्द महासागर, पामिर देखि प्यासिफिक महासागर र एण्डिज देखि एट्लान्टिक महासागर सम्म समेटी वातावरणीय र पर्यावरणीय अन्तरसम्बन्ध पहिचान गर्नुपर्छ।’ उनले हिमालयका लागि १.५ डिग्री सेल्सियस पनि धेरै तातो भएको उल्लेख गरे।
त्यस्तै, ओलीले बादल अम्लिय बनाएर लगायतका असर सिर्जना गरि हिमनदी प्रदुषित बनाउने क्रम रोक्न सामुहिक प्रयास आवश्यक रहेको र त्यसका लागि कदम चाल्न विश्वव्यापी आह्वान गरिनुपर्ने बताए। ‘वातावरणीय न्याय लागु गरिनु सबैभन्दा महत्वपूर्ण छ,’ उनले भने।
प्रतिक्रिया