१७ मंसिर २०८१, सोमबार
Mon, Dec 2, 2024
SUBSCRIPTION

इजरायलले निर्दोष बालबालिका र बृद्धबृद्धा मार्‍योः प्रधानमन्त्री ओली

इजरायलले निर्दोष बालबालिका र बृद्धबृद्धा मार्‍योः प्रधानमन्त्री ओली

 

न्यू योर्क। नेपालका प्रधानमन्त्री केपी ओलीले इजरायलले प्यालेस्टाइनमा निर्दोश बालबालिका मारेको बताएका छन्।

कोलम्बिया युनिभर्सिटी, वल्र्ड लिडर्स फोरमलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। 'हमासले इजरायलमा आक्रमण गर्‍यो,' उनले भने, 'त्यसको प्रतिक्रियामा इजरायलले प्यालेस्टाइनमा निर्दोष बालबालिका र बृद्धबृद्धा मार्‍यो।' प्रश्नोत्तर खण्डमा कोलम्बिया युनिभर्सिटीका विद्यार्थीले सोधेको प्रश्नको उत्तर दिँदै उनले उक्त कुरा बताएका हुन्।

'उनीहरु युद्धमा संलग्न थिएनन्। उनीहरु अपराधी थिएनन्। तर, पनि मारिए', उनले भने, 'त्यहि भएर हामी शान्तिको पक्षमा छौं।' उनले नेपालको असंलग्न परराष्ट्र नीतिबारे प्रष्ट्याउँदै नेपाल सदैव शान्तिको पक्षमा रहेको बताए। उनले रसिया र युक्रेनको सन्दर्भ पनि जोड्दै भने, ' बुद्धको देश हामी युद्धको विरुद्धमा छौं। शान्तिको पक्षमा छौं।' 

चीन र भारतसँगको सम्बन्ध सन्तुलन सम्बन्धी प्रश्नमा उनले नेपाल सधै असल छिमेकी बन्न चाहेको बताए। दक्षिण र उत्तर दुवै छिमेकी मुलुक सँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल सधै तटस्थ रहेको बताए। छिमेकी परिवर्तन गर्न नसक्ने हुनाले मित्रवत व्यवहार गरेर सम्बन्ध राख्नुपर्ने तर्क गरे। 

त्यस्तै, उनले नेपालको हिमालले विश्वको जलवायु सन्तुलनमा राखेको बताए। उनले हिमाल सबैको भएको र यसलाई जोगाउन विश्वका सबै साझेदार मुलुकले भुमिका खेल्नुपर्ने बताए। हिमाल पग्लेर समुन्द्रको सतह बढेको र त्यसबाट तटिय राष्ट्रहरु जोखिममा परेको उल्लेख गर्दै भने, 'पृथ्बीको पर्यावरणीय सन्तुलन कायम राख्न हिमालले भुमिका खेलेको छ। समुन्द्रको सतह बढेर तटिय राष्ट्र जोखिममा पर्नुको कारण हिमाल पग्लनु भएकाले समस्याको स्रोतमा समाधान खोजौं।'

प्रतिक्रिया