न्यू योर्क। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्त तथा व्यापार नियन्त्रकहरु गम्भीर आर्थिक तथा जलवायु संकटबाट गुज्रिरहेका विश्वका अति कम विकसित मुलुक (एलडिसी) प्रतिकुल रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका क्रममा आइतबारबाट शुरु भएको दुईदिने समिट अफ द फ्युचरको उद्घाटन समारोहलाई एलडिसी राष्ट्रहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
अन्तर्राराष्ट्रिय सहायता संस्थाहरुको संरचनागत अवरोध र जलवायु अन्यायका कारण यतिबेला गरिब राष्ट्रमा निरासा बढेको तथा उनीहरु ऋणले आक्रान्त बनि रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
न्यू योर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले एलडिसी राष्ट्रले जलवायु आर्थिक सहायता अत्यन्त न्यून मात्र हासिल गरेको र त्यसमा समेत अस्वभाविक ढिलाई समेत भइरहेको गुनाशो गरे। उनले हरितगृह तापमानमा तीन दशमलव तीन प्रतिशत हिस्सा मात्र दोषी रहेका कम विकसित मुलुकहरु जलवायु परिवर्तनको नरसंहारकारी प्रकोप र गम्भीर जोखिम भोगी रहेको बताए। अन्तर्राराष्ट्रिय सहायता संस्थाहरुको संरचनागत अवरोध र जलवायु अन्यायका कारण यतिबेला गरिब राष्ट्रमा निरासा बढेको तथा उनीहरु ऋणले आक्रान्त बनि रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। लाखौं बालबालिका भोकै रहेको, युवाहरु अशिक्षित र बेरोजगार रहेको तथा करोडौं नागरिक गरिबीको रेखामुुनि रहेको उल्लेख गर्दै यी समस्या समाधानमा विश्वको तत्काल ध्यान जानुपर्ने मागसमेत ओलीले गरे।
फोटोः मोहन सिंह लामा
जलवायु परिवर्तनको महाविपत्ति पार लगाउने कार्यक्रमहरु संयोजनपूर्ण रुपमा तत्काल अघि बढ्नुपर्ने भन्दै ओलीले विज्ञानमा आधारित नीतिहरुको तर्जुमा गर्न जरुरी रहेको उल्लेख गरे। ओलीले कम विकसित राष्ट्रलाई पनि समान रुपले विकसित राष्ट्रको रुपमा हैसियतमा पुर्याउन उत्पादन शक्तिमा विकास गर्नुपर्ने, दीगो औद्योगिककरण गरिनुपर्ने, पूर्वाधार विकास हुनुपर्ने र आर्थिक विविधिकरणमा जोड दिनुपर्ने माग गरे। यो सम्मेलनले पारित गरको नीति तथा घोषणापत्रलाई तत्काल गम्भीर रुपमा कार्यान्वयनमा लैजानुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रतिक्रिया