२९ माघ २०८२, बुधबार
Wed, Feb 11, 2026
SUBSCRIPTION

मेडिकल सहायता २२ वर्षीय चक्रवर्तीलाई चार गोली

मेडिकल सहायता २२ वर्षीय चक्रवर्तीलाई चार गोली

न्यु योर्क। एनवाईपीडी ले जनवरी २६ मा जाबेज चक्रवर्तीलाई गोली हानेको घटनासँग सम्बन्धित बडी-वर्न क्यामेरा फुटेज गत सता मंगलबार (फेब्रुअरी ३) राति सार्वजनिक गरेको छ

ड्रम (डेसिज राइजिङ अप एन्ड मुभिङ) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रहरीले वर्षीय चक्रवर्तीलाई उनका परिवारकै अगाडि घरभित्र गोली हानेका थिए। चक्रवर्तीको परिवारले मानसिक रूपमा समस्या देखिएपछि ९११ मा फोन गरि मेडिकल सहायता मागेको थियो। तर मेडिकल सहायताका सट्टामा प्रहरी पुगेका थिए। 

 परिवारले ९११ मा गरेको कल रेकर्ड पनि सार्वजनिक भएको बताइएको छ। विज्ञप्तिअनुसार, उक्त कलमा परिवारका एक सदस्यले जाबेज “इमोशनल डिस्ट्रेस” मा रहेको भन्दै मेडिकल सहायता मागेका थिए। परिवारले मेडिकल सहयोग आउने अपेक्षा गरेको थियो। तर विज्ञप्तिअनुसार, त्यहाँ एनवाईपीडी पुगेको थियो।

चक्रवर्ती परिवारले जारी गरेको वक्तव्यमा भनिएको छ, “सार्वजनिक गरिएको बडी क्याम फुटेज आफ्ना छोरा राखिएको हेर्‍यौं।  जाबेज अहिले ह्यान्डकफ र लेग कफसहित अस्पतालमा छन्।”

परिवारले पछिल्लो एक हप्ता अत्यधिक मानसिक दबाबमा बितेको बताएको छ। परिवारले फुटेज सार्वजनिक हुनु अघि आफूहरूलाई नदेखाएको र आफ्नो वरिपरी के भएरहेको छ भनेर  बुझ्ने समय नपाएको पनि उल्लेख गरेको छ। वक्तव्य अनुसार, ९११ कल गर्दा परिस्थिति शान्त थियो। परिवारका सदस्यहरू जाबेजलाई अस्पताल लिएर जाने तयारी गर्दै थिए। तर, प्रहरी आएपछि स्थिति भड्किएको परिवारको भनाइ छ। वक्तव्यअनुसार, प्रहरी अफिसरले जाबेजलाई शांत पार्नु (डि-एस्केलेट गर्नु) को सट्टा बन्दुक निकालेर र चिच्याएर आदेश दिँदै तनाव बढाएको आरोप लगाइएको छ। परिवारको दाबीअनुसार, एनवाईपीडी आइपुगेको “एक मिनेटभित्र” जाबेजमाथि “धेरै पटक” गोली चल्यो र उनी “झण्डै मारिन पुगे,” जबकि “केही मिनेटअघि” उनी शान्तसँग खाना खाइरहेका थिए। यसैले मेडिकल सहायता मागिएको कलमा प्रहरी नपठाउनुपर्ने परिवारको निष्कर्ष छ।

परिवारले सीमित फुटेज र एनवाईपीडीको एकतर्फी बयान (बायस्ड न्यारेशन) ले थप आघात दिएको बताएको छ। वक्तव्यमा उनीहरूले गोलीकाण्डपछि आफूहरूले भोगेको कुरा फुटेजमा नदेखिएको दाबी गरेका छन्। उनीहरूको आरोप छ— प्रहरी अधिकारीहरूले उनीहरू सबैसँग चर्को स्वरमा बोले, जसले उनीहरूलाई “सुरक्षा” वा “सेवा” दिन नआएको संकेत दियो। परिवारले घटनापछि प्रहरी अधिकारीहरूले उनीहरूको इमिग्रेसन स्टाटस सोधेको आरोप पनि लगाएको छ। 

परिवारका अनुसार प्रहरीले डर देखाएर फोन र पासवर्ड जफत गरेको थियो। त्यसपछि उनीहरूलाई प्रहरी कार्यालय (प्रिसिन्ट) लगियो र घण्टौँ राखियो। त्यति बेला जाबेज जिउँदै छन् कि छैनन् भन्ने थाहा नभएको, र एनवाईपीडीले “प्रेस कन्फरेन्स” र “स्टेटमेन्ट” मार्फत हतारमा एकतर्फी प्रतिक्रिया दिएको पनि परिवारको वक्तव्यमा उल्लेख छ।

वक्तव्यअनुसार, अस्पतालमै पनि एनवाईपीडीले परिवार र मेडिकल स्टाफलाई “हरास” गर्दै जाबेजबाट बयान लिन खोजिरहेको आरोप छ। परिवारले भनेका छन्, “जाबेजले यो हप्ता धेरै सर्जरी गरेका छन्। उनलाई धेरै चोट छन्। उनी अहिले आईसीयू मा छन्। कहिले होस हुन्छ, कहिले हुँदैन।”

एनवाईपीडी अफिसरहरू उनको अस्पतालको कोठाबाहिर बसिरहेको परिवारको भनाइ छ। परिवारले क्विन्स डिस्ट्रिक्ट अटर्नी (डीए) बाट जाबेजमाथि मुद्दा चलिरहेको भन्दै चिन्ता पनि व्यक्त गरेको छ।

चक्रवर्ती परिवारले एनवाईपीडीका पुरै भिइयो रेकर्डिङ सार्वजनिक गर्न माग गरेको छ। यसमा प्रहरी घर आइपुगेको क्षणदेखि घर छोड्दासम्मका भिडियो हुनुपर्ने तथा परिवारका सदस्यसँग भएको सोधपुछसम्बन्धी रेकर्डिङ पनि समेटिनुपर्ने उनीहरूको भनाइ छ। उनीहरूले क्विन्स डीएलाई जाबेजमाथिको मुद्दा हटाउन माग गरेका छन्। साथै, मेयर जोहरान मम्दानी र सार्वजनिक पदाधिकारीसमक्ष जाबेजको हत्कडि हटाउन र एनवाईपीडीले परिवारलाई सताउन बन्द गर्न रोक्न गर्न अपिल गरेका छन्।

 

 

प्रतिक्रिया