१७ मंसिर २०८१, सोमबार
Mon, Dec 2, 2024
SUBSCRIPTION

‘प्रेसिडेन्सियल डिबेट’ पछि, ह्यारिस समर्थक बढाउदै

यसक्रममा विश्वभर लोकप्रिय पप गायिका टेलर स्वीफ्ट जनाएको ऐक्यबद्धतालाई महत्वपूर्ण रुपमा लिइएको छ ।
‘प्रेसिडेन्सियल डिबेट’ पछि, ह्यारिस समर्थक बढाउदै

न्यू योर्क आगामी नोभेम्बर मा हुन गइरहेको अमेरिकी राष्ट्रिपति निर्वाचनको मिति नजिकिदै गर्दा प्रत्यासीद्धय रिपाब्लिकन उम्मेद्धार पूर्वराष्ट्रिपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक उम्मेद्धार उपराष्ट्रिपति कमला ह्यारिसवीचको चुनाबी प्रतिस्पर्धा थप आक्रमक रोचक बन्दै गएको छ। 

चुनाबी अभियानकै बीच गत मंगलबार भएको राष्ट्रपतिय बहसपछि दुबै उम्मेद्धारले बहस आफुले जितेको दाबी गर्दै प्रचार अभियानलाई थप गति दिएका छन्। उक्त बहसपछि डेमोक्रेटिक उम्मेद्धार ह्यारिस थप हौसिएका छन्। बहसका क्रममा ह्यारिसको प्रस्तुतिलाईराष्ट्रपतीय बहसको संज्ञा दिदै डेमोक्रेटिक समर्थक थप सशक्त प्रचार अभियानमा लागेका हुन। यता ट्रम्प समर्थकहरु पनि यस अघि जो बाइडेनसँगको बहस अहिले ह्यारिससँगको बहस आफुहरुको पक्षमा रहेको भन्दै प्रचार अभियानमा लागेका छन्। दुवै पटकको बहस आफ्नो पक्षमा रहेको दाबी गर्दै ट्रम्प अभियानले अब बहसको जरुरी नरहेको चुनावी अभियानमा नै केन्द्रीत हुने बताएका छन्। उक्त बहसपछि दुबै उम्मेद्धार विभिन्न राज्यको चुनावी र्‍यालीमा सहभागी भइरहेका छन्। 

चुनावी प्रतिस्पर्धाका क्रममा ट्रम्प ह्यारिस बीचको पहिलो बहस भएकोले सर्वत्र चासोको रुपमा सो हेरिएको थियो। पेन्सिलभेनियाको फिलाडेल्फियामा एबीसी टिभिको आयोजनामा भएको सो बहसपछि डेमोक्रेटिक उम्मेद्धार ह्यारिसले अनिर्णित मतदाताको मन जितेकोले आगामी निर्वाचन आफ्नो पक्षमा हुन थप बल मिलेको प्रचार गरिएको छ। उक्त बहसमा ह्यारिसको अधिकाँश तर्क तथ्यसंगत ढंगले प्रस्तुत गरिएको देखिएको थियो भने ट्रम्पले कतिपय संदर्भ उल्लेख गर्ने क्रममा झुटको साहरा लिएको भन्दै सामाजिक संजालहरुमा समेत ट्रोलको शिकार समेत बनिरहेको छ। उम्मेद्धार ट्रम्पले स्प्रिङफिल्डमा बस्दै आएका आप्राबासीले कुकुर, बिरालो अन्य घरपालुवा जनावर खाएको स्थानीय जनताले हैरानी ब्यहोर्नुपरेको बताएका थिए। ट्रम्पको उक्त दावीलाई कार्यक्रमका संचालक डेभिड म्युरले समेत उक्त सहरमा त्यस्तो कुनै घटना नभएको जानकारी अधिकारीहरुले दिएको स्पष्टिकरण दिनु परेको थियो। 

यस्तै अर्को एक प्रसंगमा ट्रम्पले डेमोक्रेटिक पार्टीले नौ महिनाको गर्भवतीलाई समेत गर्भपतनको अनुमति दिएर नाबलकको हत्या गरेको जस्ता तथ्यहीन तर्क समेत गरेका थिए। यस्तै एक प्रसंगमा ट्रम्पले भेनाजुएला लगायतका देशबाट अपराधीहरु, सडक बालकहरु, मानसिक सन्तुलन बिग्रीएकाहरु अमेरिका आएको त्यस्ता लाखौं लाख मान्छेहरुलाई बाइडेन सरकारले अमेरिका भित्र्याएको दावी गरेका थिए। यस्ता कतिपय हावादारी तर्कको ह्यारिसले उत्तर समेत नदिएर हाँसेर मात्र उडाएका थिए।  

ट्रम्पको पोडियममै पुगेर कमला ह्यारिस हुँ भन्ने परिचय दिदै सुरू भएको डिबेटमा ह्यारिस सुरूदेखि नै आक्रमक देखिएकी थिइन्। बहसमा अर्थतन्त्र, मुल्यवृद्धि, ब्यापार घाटा, गर्भपतन अधिकार, आप्रवासी नीति, परराष्ट्र नीति, रसियायुक्रेन इजरायलप्यालेस्टाइन युद्ध लगायत विषयमा बहस भएको थियो। दुई जनाबीच करिब एक घण्टा ४५ मिनेट वहश भएको थियो। ह्यारिसले वहशमा ट्रम्पमाथि विश्वका नेताहरू हाँसिरहेको, कमजोर गलत रहेको लगायत शब्दहरू प्रयोग गरेकी थिइन। ट्रम्पलाई आठ करोड १० लाख जनताले अस्वीकृत गरेको थप्दै ह्यारिसले सो नतिजा स्वीकार्न ट्रम्पलाई गाह्रो भएको तर्क गरेका थिए। यद्यपि ट्रम्पले पुरानै कुरा दोहोर्याउँदै सन २०२० को चुनाव धाँधली भएको आफू नै बिजेता रहेको दाबी गरे। उनले आफुमाथि बाइडेन सरकारले न्यायलयलाई हतियार बनाएर विभिन्न मुद्दाहरु लगाएको आरोप लगाउदै सबै मुद्दाहरु आफुले जित्ने दावी गरेका थिए।

गाजामा भइरहेको युद्धबारे प्रश्नमा ह्यारिसले इजरायलसँग आफूलाई रक्षा गर्ने अधिकार रहेको बताइन। यस्तै प्यालेस्टिनी नागरिकहरू पनि सुरक्षा सम्मानका लागि उत्तिकै हकदार रहेको बताइन। ट्रम्पले भने आफू ह्वाइट हाउसमा भएको भए युक्रेनरूसबीचको युद्ध गाजामा भइरहेको युद्ध नै नहुने दाबी गरे।यदि राष्ट्रपति भएको भए युद्ध नै सुरू हुने थिएन। यदि राष्ट्रपति भएको भए रूसले कहिल्यै युद्ध सुरू गर्ने थिएन। पुटिनलाई राम्रोसँग चिन्छु। उनले कहिल्यै युद्ध सुरू गर्ने थिएनन् चार वर्षअघिसम्म युक्रेनमाथि कुनै प्रकारको खतरा थिएन,’ उनले भनेका थिए

उक्त बहसपछि विभिन्न सर्वेक्षणले आआफ्नै ढंगले चुनावी लोकप्रियताको चर्चाहरु गरिरहेका छन् २७० टुविन नामक वेभसाइटले लोकप्रियताको सर्वेक्षण नतिजामा ह्यारिस ४७. प्रतिशत ट्रम्पको लोकप्रियता ४६. प्रतिशत देखाएको छ। राज्यगत तहमा भने कतिपयमा ट्रम्प अगाडि कतिपयमा ह्यारिस अगाडि देखाइएको बहसपछि भएको चुनाबी र्‍यालीहरुमा डेमोक्रेटिक उम्मेद्धार ह्यारिसलाई कयौं स्वतन्त्र व्यक्तिले समेत समर्थन घोषणा गरेका छन्। यसक्रममा विश्वभर लोकप्रिय पप गायिका टेलर स्वीफ्ट जनाएको ऐक्यबद्धतालाई महत्वपूर्ण रुपमा लिइएको छ। उनको इन्स्टाग्राममा विश्वभरका गरी २८३ मिलियन फलोवर रहेको न्युयोर्क टाइम्स दैनिकले उल्लेख गरेका छन्। 

प्रतिक्रिया