१७ वैशाख २०८३, बिहिबार
Thu, Apr 30, 2026
SUBSCRIPTION

न्यू योर्क सिटीमा भारी हिमपातको चेतावनी, सडक यात्रामा सचेत रहन आग्रह

नेशनल वेदर सर्भिसका अनुसार आज साँझ ५ बजेपछि हिउँ सुरु हुने अपेक्षा छ । १५ देखि २० डिग्री फरेनहाइटको चिसोका बीच हुन गइरहेको हिमपात ४ देखि ८ इन्च सम्म जम्न सक्ने बताइएको छ।
न्यू योर्क सिटीमा भारी हिमपातको चेतावनी, सडक यात्रामा सचेत रहन आग्रह


न्यू योर्क । न्यूयोर्क सिटी र आसपासका क्षेत्रमा आजसाँझबाट भारी हिमपातको संभावना रहेको भन्दै नागरिकलाई सचेत रहन सहरका आपातकालीन विभागले आग्रह गरेको छ । नेशनल वेदर सर्भिसका अनुसार आज साँझ ५ बजेपछि हिउँ सुरु हुने अपेक्षा छ । १५ देखि २० डिग्री फरेनहाइटको चिसोका बीच हुन गइरहेको हिमपात ४ देखि ८ इन्च सम्म जम्न सक्ने बताइएको छ। 
शनिबार दिउँसो १ बजेसम्म हिउँ पर्ने सम्भावना ४० प्रतिशत रहेको नेशनल वेदर सर्भिसले जनाएको छ, त्यसपछि दिउँसोतिर क्रमशः कम हुँदै जाने भनिएको छ। भारी हिमपात लगतै आइतबार अर्थात डिसेम्बर २८ बाट भारी वर्षा हुने पूर्वानुमान छ।
केही वर्ष यताकै अत्याधिक हिमपात हुने आँकलनकासंगै न्यू योर्कवासीको होलिडे यात्रा भने निकै जोखिमपूर्ण हुने देखिएको छ । यात्रा समस्या र विद्युत् अवरुद्ध जस्ता समस्या रोक्न न्यूयोर्क सिटीका निकायहरूले तयारी गरिरहेको जनाएका छन्। 
सहरका आपातकालीन विभागले न्यू योर्कवासीलाई खराब मौसमका बेला सकेसम्म यात्रा सीमित गर्न र घरभित्रै बस्न सल्लाह दिइएको छ। यात्रा गर्नै परेमा सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्न र सतर्कता अपनाउन भनिएको छ।

 

प्रतिक्रिया