न्यू योर्क। इजरायल र हमासबीच भएको युद्धविराम अन्तर्गत गाजाबाट २० जना बन्दी रिहा भएका छन्। अक्टोबर ७ देखि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको भने मृत्यु भएको इजरायली सेनाले आधिकारिक रूपमा पुष्टि गरेक छन।
कुराकानीमा रिहा हुने बन्दीको सूचीमा बिपिनको नाम नरहेको इजरायली अधिकारीहरूले जवाफ दिएका थिए। उनलाई रिहा गर्न नसक्नुको कारण उनको मृत्यु भइसकेको उनीहरूको जवाफ थियो।
गाजाबाट रिहा भएका बन्दीमा १३ जना इजरायली र ७ जना थाई नागरिक छन्। संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको सम्झौता अन्तर्गत बन्दी रिहाइ भएका हुन। बदलामा इजरायलले ३९ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ।
बिपिन जोशीको मृत्युको दुःखद पुष्टि
बन्दी रिहाइको यस खबरसँगै नेपालीहरूका लागि दुःखद खबर आएको छ। सोमबार बिहान स्थानीय समय अनुसार ७:३० बजे, इजरायली रक्षा बल (आइडिएफ)ले नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डित बिपिन जोशीको मृत्यु भएको जानकारी गराएको अनलाइन खबरले जनाएको छ।
कुराकानीमा रिहा हुने बन्दीको सूचीमा बिपिनको नाम नरहेको इजरायली अधिकारीहरूले जवाफ दिएका थिए। उनलाई रिहा गर्न नसक्नुको कारण उनको मृत्यु भइसकेको उनीहरूको जवाफ थियो।
कञ्चनपुरका २३ वर्षीय बिपिन जोशी इजरायलमा 'लर्न एण्ड अर्न' कार्यक्रम अन्तर्गत कृषि अध्ययन गर्न गएका थिए। गत अक्टोबर ७ मा हमासकाले आक्रमण परि किबुट्ज अलुमिममा १० नेपाली विद्यार्थी मारिएका थिए। आक्रमणमा बिपिनलाई भने हमासले जिउँदै अपरहण गरी गाजा तर्फ लगेका थिए। यसपछि नोभेम्बर १७ मा उनलाई गाजाको अल शिफा अस्पतालमा भर्ना गरिएको रेकर्ड बाहेक उनको अवस्था अज्ञात थियो। उनको स्थिति पत्ता लगाउन नेपाल सरकारले गरिरहेको कूटनीतिक पहल तथा उनकी आमा र बहिनीले इजरायलसम्म गरेको यात्रा निष्फल भएको छ।
(एक स्केच च्याटजीपीटीले निर्माण गरेको हो: सं)





प्रतिक्रिया