२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

शिकागो प्रवेशद्वारमा टेक्सासको सशस्त्र फौज

अदालतले हरियो झण्डा देखाएपछि टेक्सास नेसनल गार्ड इलिनोइसमा
शिकागो प्रवेशद्वारमा टेक्सासको सशस्त्र फौज

न्यू योर्क। टेक्सास नेसनल गार्डका फौज मङ्गलबार (अक्टोबर ७) इलिनोइसको इलवुडस्थित अमेरिकी आर्मी रिजर्भ ट्रेनिङ सेन्टर आइपुगेका छन। यो सेन्टर सिकागोबाट करिब ५० माइल मात्र टाढा छ।

सोमबार (अक्टोबर ६) एकजना संघीय न्यायाधीशले नेसनल गार्ड परिचालनमा तत्काल रोक लगाउने माग अस्वीकार गर्रेका थिए। त्यसको भोलिपल्ट करिब ४०० टेक्सास नेसनल गार्ड परिचालित भएका छन्। साथै, थप ३०० इलिनोइस गार्ड पनि संघीय अधिकार प्रयोग गरी बोलाइएका छन्। परिचालनको प्रारम्भिक अवधि झण्डै ६० दिन छ।

इलिनोइस र सिटी अफ सिकागोले अक्टोबर ६ मा संघीय सरकारले सम्बन्धित राज्यको सहमति बिना अर्को राज्यको नेशनल गार्ड परिचालन गर्न नसक्ने भन्दै अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले नेसनल गार्ड परिचालनमा रोक नलगाइ अक्टोबर ९ का लागि सुनुवाइ तोकेको छ। तर त्यसअघि नै नेसनल गार्ड परिचालन गरिएका छन।

ह्वाइट हाउसले नेसनल गार्ड परिचालनको उद्देश्य संघीय कर्मचारी र संरचनाको सुरक्षा गर्नु तथा सिकागो क्षेत्रमा बढाइएका आप्रवासन कारबाहीका क्रममा आइसका साइटहरू सुरक्षित राख्नु भनेको छ। तर इलिनोइ गभर्नर जेबी प्रिट्जकर र सिकागोका मेयर ब्रान्डन जोनसनले यसलाई गैरकानुनी र खतरनाक भन्दै कडा आपत्ति जनाएका छन्। मेयर जोनसनले मङ्गलबार (अक्टोबर ७) शिकागो सिटीको सम्पत्तिमा संघीय आप्रवासन कारबाही सीमित गर्ने ‘एक्ज्याकेटिभ अर्डर’ समेत जारी गरेका छन।

 

प्रतिक्रिया