२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

मृत्यु संख्या ६१, बाढी–पहिरोबाट देशभर ठूलो जनधनको क्षति

मृत्यु संख्या ६१, बाढी–पहिरोबाट देशभर ठूलो जनधनको क्षति

काठमाडौं। गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६१ पुगेको छ। सुरक्षा निकाय र स्थानीय प्रशासनका अद्यावधिक अनुसार मृत्यु धेरैजसो कोसी, मधेश र बागमती प्रदेशका पहाडी–तराई जिल्लामा भएको छ। इलाम सबैभन्दा बढी प्रभावित बनेको छ। 

विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सञ्चारमाध्यमले इलाममा मात्रै ३८ जनाको मृत्यु पुष्टि भएको उल्लेख छ। त्यस्तै सञ्चारमाध्यमहरुका अनुसार पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेपलाञ्चोकमा २ जनाको मृत्यु पुष्टि भएको छ। यीमध्ये २० पुरुष, २६ महिला र १५ नाबालक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। 

निरन्तर वर्षाका कारण पूर्वका सडक अवरुद्ध, पुल बगेका/क्षतिग्रस्त, धेरै बस्ती डुबानमा परेका छन् र उद्धार–राहतमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। हवाई उद्धार तथा घाइतेहरूको स्थानान्तरण जारी छ।

काठमाडौंसहितका नदीहरूमा पानीको सतह बढेको र संवेदनशील नदी किनार क्षेत्र डुबानमा परेको खबर छ। केन्द्रीय र पूर्वी भागमा अझै भीषण वर्षाको चेतावनी जारी भएको रिपोर्टहरूमा उल्लेख छ। 

प्रतिक्रिया