२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

नारी एकताद्धारा सम्पादक गुरुङसहित ४ जनालाई सम्मान

नारी एकताद्धारा सम्पादक गुरुङसहित ४ जनालाई सम्मान

न्यू योर्क नारी एकता आइकन अफ इयर अवार्ड २०२५ बाट तीन जना महिलासहित जनालाई सम्मान गरेको छ। नारी एकताले न्यू योर्कको क्वीन्समा अवस्थित धर्म हाउसमा एक कार्यक्रम गरी नारी एकता आइकन अफ इयर अवार्ड २०२५ बाट एनवाइसीनेपालन्युजडटकमका सम्पादक मच्छेदेवी गुरुङ, महिला उद्यमी सूर्य श्रेष्ठ महर्जन   महिला तथा दलित अधिकारको क्षेत्रमा कार्यरत डा. विष्णुमाया परियारलाई सम्मान गरेको हो। सम्पादक गुरुङलाई पत्रकारिताको माध्यमबाट महिला अधिकार, महिला शशक्तिकरण नेपाली अमेरिकन समुदायलाई सुसुचित गर्न योगदान पुर्याएको भन्दै आइकन अफ इयर अवार्ड २०२५ प्रदान गरेको आयोजकले जनाएको छ।  नेपालमा रेडियो पत्रकारिताको क्षेत्रमा एक दशकसम्म सक्रिय रहेकी गुरुङ यसअघि अमेरिकाबाटै सञ्चालित एभरेष्ट टाइम्समा सक्रिय रहेकी थिइन्

नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व कोषाध्यक्ष उपाध्यक्षसमेत भइसकेकी गुरुङ लामो समयदेखि पत्रकारितामार्फत महिला, बालबालिका, पछाडि पारिएका समुदाय, आदिवासी जनजाति तथा सिमान्तकृत समुदायको लागि आवाज उठाउँदै आएकी छन् नेपाली राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा इन्टर्नसिप गरेर सुरु गरेको उनको पत्रकारिता एन्टेना फाउन्डेसन नेपाल, रेडियो सगरमाथा, समकोण टेलिभिजन कार्यक्रम, एभरेष्टटाइम्स न्युजहुँदै अहिले एनवाइसीनेपालन्युजडटकमसम्म निरन्तर जारी गुरुङले महिला समानता, शशक्तिकरणका लागि पुरुष दाजुभाइ, बुबा आमा सबैको साथको जरुरी रहेको बताउँदै महिला शशक्तिकरणका लागि सबैले हातेमालो गर्नु पर्ने बताइन्। सम्पादक गुरुङले  विविध महिलाको आदिवासी जनजाति दलित, मधेसी, मुस्लिम, अपांगता भएका महिलाको विविध समस्या हुने भएको हुनाले फरक फरक तरिकाले नै सम्बोधन गरिनु पर्ने तर्क गरिन् सम्पादक गुरुङले लैंगिक समानता, महिला शशक्तिकरण समतामूलक समाज निर्माणका लागि घरै देखि दाजुभाई, बुबा तथा श्रीमानले महिलाहरुलाई साथ दिनुपर्ने तर्क गरे। चुला चौकाबाट बाहिर आएपछि मात्र महिलाले बाहिरी संसारमा आफ्नो स्थान बनाउनु सक्ने निर्णयमा सहभागी हुन सक्ने सम्पादक गुरुङको भनाइ छ। यस्तो प्रोत्साहन हौसलाले समुदायका लागि अरु काम गर्ने हौसला थपिने उनको भनाई छ। 

सुनचाँदी हिराको व्यवसायी उद्यमी सुर्य श्रेष्ठ महर्जनले महिला भएर घरमा मात्र सिमिति नगरी महिलालाई बाहिरी कामको लागि घरको श्रीमान तथा दाजुभाइहरुले प्रोत्साहन गर्नु पर्ने बताइन् आफु श्रीमान तथा ससुराको साथ सहयोगले आफु उद्यमी भएर सक्षम बन्न सकेको उदाहरण दिंदै सबै पुरुषहरुले दिदीबहिनीहरुलाई साथ सहयोग गर्न अनुरोध गरिन् क्वीन्स डाइमण्डका निर्देशक महर्जनले सबै पुरुष दाजु भाइहरुलाई  आफ्नो श्रीमती, दिदी बहिनीहरुलाई सहयोग गरी प्रोत्साहन गर्न सुझाव दिए।

उद्यमी महिला महर्जनले महिला भएर सुन चाँदी तथा हिराको व्यवसाय जस्तो चुनौतीपूर्ण काम गरी सफल व्यवसायी बनेर अन्य महिलाहरलाई प्रेरणा दिएका भन्दै आइकन अफ इयर अवार्ड २०२५ प्रदान गरेको नारी एकताले जनाएको छ। 

दलित, गरीब बालबालिका तथा महिलाका उतथान अधिकारको क्षेत्रमा २५ बर्ष लामो समयदेखि कार्यरत डा. विष्णु माया परियार (मानार्थ विद्यावारिधी) लाई आइकन अफ इयर अवार्ड २०२५ प्रदान गरेको छ। 

सामाजिक न्याय मानवअधिकारको क्षेत्रमा कार्यरत डा. परियारले आफु गरीब परिवारमा जन्मे पनि आफ्नो बुबाको पे्ररणा साथले आफु यो स्थानमा पुगेको बताइन् बाल्यकालमा आफु दलितको बच्चा भएकाले मन्दिर प्रवेश गर्न नदिएको स्मरण गर्दै परियारले त्यसपछि बुबाले पढ्नको लागि पे्ररणा दिएको बताइन् बुबा आमाले एकदमै दुख गरेर भए पनि पढाइमा सधै हौसला दिइ पढाएको बताउँदै आफ्नो बुबा जस्तै सबै पुरुष भए समाजमा महिला कहिल्यै घरेलु हिंसाको शिकार हुनु नपर्ने उल्लेख गरिन् डा. परियारको संघर्षको कथा अमेरिकाका विभिन्न विद्यालयमा पढाईन्छ एड्वान नेपालका संस्थापक अध्यक्ष डा. परियारले आफ्नो सफलतको श्रेय श्रीमान्, बहिनी दिदीहरुको सहयोगले आफु सफल बन्न सकेको भन्दै धन्यावद व्यक्त गरिन्  

महिलाहरुको संघर्ष सफलताको कथालाई उत्साहको रुपमा सेलिबे्रट गरेर अन्य महिलाहरुलाई प्रेरणा दिने उद्देश्यले ती महिलाहरुलाई सम्मान गरिएको नारी एकताका अध्यक्ष शान्ति गुरुङले बताइन् महिलाहरुलाई एकतावद्ध गर्दै उनीहरुको साहस शक्तिबाट अरु महिलाहरुलाई प्रोत्साहन गर्दै महिला शशक्तिकरण गर्दै जाने अध्यक्ष गुरुङको भनाइ छ। 

आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) का अध्यक्ष तोरण गुरुङले महिलाहरूले पनि पुरुष सरह नै जस्तो सुकै काम गर्नसक्ने बताउँदै सबै महिलाहरुलाई अघि बढाउन सबै पुरुष दाजुभाइहरुले सहयोग गर्नुपर्र्ने बताए। यस्ता कार्यक्रमले आउने दिनमा समुदायका लागि योगदान गर्न सबैमा प्रेरणा मिल्ने आयोजकको अपेक्षा छ। त्यस्तै लैंगिक समानता, महिला शशक्तिकरण सामाजिक कार्यमा सहयोग पुर्याएको भन्दै पुर्ण पाइजा मगरलाई अप्रिसिएसन अवार्ड प्रदान गरिएको छ। 

कार्यक्रम श्रद्धा ठकुरीले सञ्चालन गरेकी थिइन् कार्यक्रममा जेन जी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहिदहरुप्रति मिनेट मौनधारण गरेर श्रद्धान्जली व्यक्त गरिएको थियो कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए कार्यक्रममा शहिदहरुको सम्मानमा सम्बोधन तिमीलाई भन्ने बोलको गीत मिमार मगर लगायतले प्रस्तुत गरेका थिए  कार्यक्रममा न्यू योर्क सिटी मेयर अफिसका साउथ एशियन कम्युनिटी लायजन सुकरानी धनपत लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

 

प्रतिक्रिया