२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

राष्ट्रसंघमा नेतन्याहूको कडा प्रतिवाद: सम्बोधनअघि सयौँ कूटनीतिज्ञको ‘वाकआउट’

राष्ट्रसंघमा नेतन्याहूको कडा प्रतिवाद: सम्बोधनअघि सयौँ कूटनीतिज्ञको ‘वाकआउट’

न्यू योर्क।  गाजामा जारी युद्ध, बढ्दो नागरिक क्षति र प्यालेस्टायनी राज्य अस्वीकार गरेको विरोधमा 

संयुक्त राष्ट्रसङ्घको महासभा (यूएनजीए) इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कडा प्रतिवाद भएको छ।

शुक्रवार महासभालाई सम्बोधन गर्न नेतन्याहू मञ्चतर्फ अघि बढ्दै गर्दा दर्जनौँ देशका सयौँ प्रतिनिधि अचानक हलबाट बाहिरिएका छन। समन्वित ‘वाकआउट’ले सभाहलको ठूलो भाग खाली देखिएको थियो। महासभामा अरब तथा मुसलमान बहुल राष्ट्रहरू, केही अफ्रिकी देश र युरोपका केही राष्ट्रका प्रतिनिधीहरू भने नेतन्याहूको सम्बोधन सुन्न बसेका थिए। 

नेतन्याहूको भाषण अक्रामक थियो। उनले गाजामा सुरु गरेको ‘काम सिध्याउने’ अठोट दोहोर्याए। पछिल्ला हप्तामा पश्चिमी राष्ट्रहरूबाट आएको प्यालेस्टाइन राज्यको मान्यतालाई ‘अनुचित (insane)’ भने। उनले प्यालेस्टाइनमा नरसंहार भइरहेको भन्ने आरोप अस्वीकार गरे। उनको कार्यालयका अनुसार यो सम्बोधन गाजा सीमानजिकै लाउडस्पीकर मार्फत प्रसारण गरिएको थियो।सहभागी कूटनीतिज्ञहरूले यो कदमलाई नेतन्याहूले युद्ध रोक्न अस्वीकार गरेको, मानवीय संकटका बीच पनि कठोर नीति अँगालेको र प्यालेस्टायनी राज्य अस्वीकार गरेको  विरोधका रुपमा प्रस्तुत गरेका हुन। इजरायल कूटनीतिक रूपमा बिश्वामा झन् एक्लिँदै गएको सन्देश दिन कुटनीतिज्ञहरूले ‘वाकआउट’ गरेको सञ्चारमाध्यमहरूले जनाएका छन।

प्रत्यक्ष रिपोर्टिङ र समाचारअनुसार ५० भन्दा बढी देशका एक सयभन्दा धेरै कूटनीतिज्ञ ‘वाकआउटमा’ सहभागी थिए। वाकआउट र्गर्नेहरूको आधिकारिक संख्या सार्वजनिक भइसकेको छैन। पत्रकारहरूले ठूलो समूह एकैचोटि उठेर बाहिरिएको उल्लेख गरेका छन्।

नेतन्याहूको सम्बोधनका बेला संयुक्त राज्य अमेरिकाको प्रतिनिधि मण्डल हलमै बसिरह्यो। क्यानाडाका दूत बोब रे पनि वाकआउटमा सहभागी भएनन्र। केही देशले कनिष्ठ तहका प्रतिनिधि मात्र उपस्थित गराएका थिए।

वाकआउटले राष्ट्रसंघको वार्षिक वैठकमा युद्धविराम र राजनीतिक समाधानको माग अझ तीव्र बनाउने संकेत दिएको छ। अमेरिकी सहयोगीहरू केही देशहरूले प्यालेस्टायनी राज्यलाई मान्यता दिएर अघि बढिरहेका बेला यो प्रतिवादले नेतन्याहूको नीतिलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चुनौती दिएको छ।

यूएनजीएमा यस सम्बोधनपछि मतभेद झन् चर्किन सक्ने देखिन्छ। सडकमा नेतन्याहू विरुद्ध प्रदर्शन जारी छन। यस्ता प्रदर्शन बढिरहेका छन्। यस्तो बेला सदस्य राष्ट्रहरूको ठूलो समूहले गाजाका नागरिक क्षतिको जवाफदेहित्ता र युद्धविरामको दवाब निरन्तर बढाउन वाकआउट’ गरेका हुन।

सम्पादकीय टिप्पणी: सभाहलबाट बाहिरिनेहरूको संख्या र सहभागी देशहरूको सूचि विभिन्न विश्वसनीय सञ्चारमाध्यमका प्रत्यक्ष रिपोर्टिङमा आधारित छ। राष्ट्रसंघले आधिकारिक तथ्याङ्क यो समाचार तयार गर्दा सम्म सार्वजनिक गरेको थिएन।

प्रतिक्रिया