२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

भाटभटेनी सुपरमार्केटमा भएको आक्रमण र क्षतिप्रति टेकानेटको आपत्ति

भाटभटेनी सुपरमार्केटमा भएको आक्रमण र क्षतिप्रति टेकानेटको आपत्ति

 

तमू एजुकेशनल एण्ड करियर एड्भान्समेन्ट नेटवर्क (टेकानेट) ले आन्दोलनको नाममा भदौ २४ गते नेपालकै ठूलो खुद्रा व्यावसायिक चेन भाटभटेनी सुपरमार्केटमा गरिएको अभूतपूर्व तोडफोड त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

टेकानेटले एक विज्ञप्ति जारी गर्दै युवा पुस्ता जेन जीको आन्दोलनमा अन्य व्यक्तिहरूको घुसपैठका कारण भाटभटेनी व्यवसायमाथि ठूलो आक्रमण क्षति भएको जनाएको टेकानेटले यो आक्रमण, तोडफोड क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै आपत्ति जनाएको छ।

 

टेकानेटले भाटभटेनी सुपरमार्केट आन्दोलन असन्तुष्टिहरूको निशाना बन्नु दुःखद् भएको उल्लेख गरेको छ। देशमा बढिरहेको बेरोजगारी र बढ्दो पुँजी पलायनको अवस्थामा भाटभटेनीले देशभर २२ हजार युवालाई रोजगारी दिनुका साथै स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको विज्ञप्तीमा जनाइएको छ।

भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङले गुरुङ समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजका लागि उल्लेख्य योगदान गर्दै आएको भन्दै उनले राष्ट्रको लागि गरेको सेवाको प्रशंसा गरिएको छ। गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ७२ शैयाको आकस्मिक कक्ष निर्माणदेखि ग्रामीण भेगका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्।

भाटभटेनीले आधुनिक सुपरमार्केटको अवधारणा साथ नेपालभर २७ वटा शाखामार्फत निरन्तर सेवा दिँदै आएको उल्लेख गरिएको छ।

टेकानेटका अध्यक्ष डा. हुम गरूङद्वारा जारी विज्ञप्तिमा भनिएको , संसद्, सिंहदरबार, सर्वोच्च अदालत, सञ्चारगृहदेखि भाटभटेनीसम्म सार्वजनिक सम्पत्तिमाथि भएको विनाशकारी तोडफोडको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही होस् भन्ने हाम्रो जोडदार माग छ। टेकानेटले प्रदर्शनका क्रममा ज्यान गुमाएका वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको  

२० वर्षदेखि गुरुङ युवाको शैक्षिक तथा व्यवसायिक उन्नयन पेशागत मार्गदर्शन गर्दै आएको टेकानेटले भविष्यमा पनि यस्ता घटनाविरुद्ध सशक्त आवाज उठाइरहने जनाएको छ।

टेकानेटले जारी गरेका विज्ञप्ती जस्ताको तस्तै  

 

प्रतिक्रिया