काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भए लगतै पहिलो निर्णय गर्दै कार्कीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गरेका छन् ।
प्रतिनिधिसभा विघटन लगतै आगमी फागुन २१ गतेका लागि निर्वाचनको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेका हुन् । प्रधानमन्त्रीको शपथ लगतै प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री नियुक्तका लागि सहमत भएकी थिइन् ।





प्रतिक्रिया