काठमाडौ । सामाजिक संजाल बन्दको विरोध तथा सुशासनको माग गर्दै भएको जेन–जी समूहको आन्दोलनमा १९ निर्दोष युवाहरुको ज्यान गएपछि दोस्रो दिन आन्दोलन थप अनियन्त्रित बनेको छ । आन्दोलनको दोस्रो दिन मंगलबार विहानैबाट काठमाडौ लगायत देशैभर विरोध प्रदर्शन भइरहेका छन् ।
प्रदर्शन चर्किन नदिन प्रशासनले उपत्यका लगायत देशका प्रमुख शहरहरुमा कर्फ्यु आदेश जारी गरेपनि आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेका छन् । जेनजीका अगुवाहरुले दोस्रो दिनको आन्दोलन शान्तिपूर्ण हुने भनिएपनि आज झन हिंसात्मक बन्दै गएको छ । आज आन्दोलनकारीहरुले प्रधानमन्न्त्री लगायत प्रमुख दलका शिर्ष नेताहरुको घरमा ढुंगा मुडा तथा आगजानी गरेका छन् । यस्तै मन्त्रीहरुको निजी घरमा समेत आक्रमण गरेका छन् ।
आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निजी निबासमा आक्रमणको प्रयास गरेका छन् भने काँग्रेस सभापति शेरबहादुर देउवाको बुढनीलकण्ठस्थित निकासमा पनि आक्रमण तथा आगजानी गरेका छन् । यस्तै मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निबासमा पनि आगजनी गरेका छन् ।
यस्तै निवर्तमान गृहमन्त्री रमेश लेखकको निबास, संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको निजी निबासमा पनि आन्दोलनकारीहरुले आक्रमण गरेका छन् ।
उपत्यकामा शहर भरी नै प्रदर्शन भइरहेको छ । राजधानी बाहिराका प्रमुख शहरहरुमा समेत आन्दोलन चर्किदै गएको छ ।
यसैवीच प्रधानमन्त्री ओलीले वार्ता र संवादको माध्यमबाट समधान निकाल्न सकिने भन्दै आन्दोलन नचर्काउन सबैमा आह्वान गरेका छन् । प्रधानमन्त्रीले आन्दोलनको निकास निकाल्नका लागि मंगलबार सााझ ६ बजे सर्वदलीय बैठक समेत आह्वान गरेका छन् ।




प्रतिक्रिया