०७ भदौ २०८३, आइतबार
Sun, Aug 23, 2026
SUBSCRIPTION

जेन जीको पक्षमा उर्लिए ज्याक्सन हाइट्समा नेपाली, नेपाल सरकाविरुद्ध नाराबाजी (भिडियो सामाग्री)

जेन जीको पक्षमा उर्लिए ज्याक्सन हाइट्समा नेपाली, नेपाल सरकाविरुद्ध नाराबाजी (भिडियो सामाग्री)

न्यू योर्क। नेपालमा सुशासनको माग गर्दै आन्दोलनमा उत्रिँदा ज्यान गुमाउने जेन जीको आत्माको चिर शान्तिका लागि न्यू योर्कका नेपालीमा ज्याक्सन हाइट्समा उत्रिएका छन्। प्रहरीको गोलीबाट ज्यान गुमाउने १९ नेपालीको आत्माको चीर शान्तिका लागि मम बत्ती बाल्न भेला भएका कम्तिमा चार सय नेपालीले नेपाल सरकार विरुद्ध नाराबाजी समेत गरेका छन्।

ज्याक्सन हाइट्स आसपास बसोबास गर्ने केही नेपालीहरूले स्थानीय समय अनुसार सोमबार बिहान सामाजिक सञ्जालहरूमा साँझ ७ बजे ज्याक्सन हाइट्सको डाइभर्सिटी प्लाजामा मम बत्ती बाल्न भेला हुन आग्रह गरेका थिए। छोटो समय र साताको पहिलो दिन हुने कामको चटारोको बावजुद डाइभर्सिटी प्लाजामा अटाइ नअटाई नेपालीहरू भेला भएका थिए।

भेला भएका दर्जनौं नेपालीको हात हातमा मम बत्ती थियो। साँझ ७ बज्नु अघि नै डाइभर्सिटी प्लाजा भरिसकेको थियो। भेला भएका मानिसमा धेरै जसो युवा पुस्ताका थिए। उनीहरूले नेपाल सरकार र नेपालका शीर्ष नेताविरुद्ध साँझ साढे ८ बजेसम्म नाराबाजी गरे। प्लाजामा नेपालीहरूको आउने जाने र मम बत्ती बाल्ने क्रम साँझ अबेरसम्म चलेको थियो।

प्रदर्शनीको अगुवाई तथा व्यवस्थापन एनवाई नेपाली काम पोस्टका एडमिन लेलिन कँडेल, सानिमा एक्सप्रेस सञ्चालक प्रदिप श्रेष्ठ, दिपेन्द्र लामा, युवा व्यवसायी दिपेन्द्र लामा र ड्रम बिट्सका नेपाली कम्युनिटी अर्गनाइजर आदित सिवाकोटीले गरेका थिए। नेपालीहरूले डाइभर्सिटी प्लाजामा प्रदर्शन गर्ने भएपछि अनुमति तथा सुरक्षा प्रबन्धका लागि न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर स्टिभन रागाको कार्यालयबाट डिस्ट्रिक्ट डाइरेक्टर डोल्मा लामाले सुरक्षा निकायसँग समन्वय गरेकी थिइन्। डाइभर्सिटी प्लाजा डिस्ट्रिक्ट ३० पर्छ जसलाई नेतृत्व गर्दै रागा एसेम्ब्ली मेम्बर बनेका हुन्। 

 

प्रतिक्रिया