०७ भदौ २०८३, आइतबार
Sun, Aug 23, 2026
SUBSCRIPTION

जोहरानद्वारा ड्रम बिट्सका बङ्गलादेशी समुदायलाई सम्बोधनः तपाईँहरूको सङ्घर्षको सानो हिस्सा हुन भएकोमा गौरवान्वित छु।

जोहरानद्वारा ड्रम बिट्सका बङ्गलादेशी समुदायलाई सम्बोधनः तपाईँहरूको सङ्घर्षको सानो हिस्सा हुन भएकोमा गौरवान्वित छु।

न्यू योर्क। न्यू योर्क सिटी मेयर प्राइमरी निर्वाचित जोहरान मम्दानीले ड्रम बिट्समा आवद्ध बङ्गलादेशी समुदायलाई सम्बोधन गर्दै उनीहरूको सङ्घर्षको सानो हिस्सा बन्न पाएकोमा गौरवान्वित भएको बताएका छन्।

दक्षिण एसियाली तथा इन्डो क्यारेबियन आप्रवासी समुदायको पक्षमा काम गरको २५ वर्ष पुगेको उपलक्ष्यमा देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) र ड्रमको भगिनी संस्था ड्रम बिट्समा आवद्ध बङलादेशी समुदायले ब्रुकलिन प्रोस्पेक्ट पार्कमा शनिबार आयोजना गरेको वनभोज कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। 'गरिखाने वर्गका लागि तपाईँहरूले न्यू योर्क सिटीमा २५ वर्षको सङ्घर्ष गर्नुभएको छ। यो न्यायप्रतिको प्रतिवद्धता हो। तपाईँहरूको आस्थाप्रतिको प्रतिवद्धता हो,' उनले भने, 'त्यो सङ्घर्षको सानो हिस्सा बन्न पाएकोमा म गौरावान्वित छु।' 

 भिडियोः

उनले मेयर पदको एउटा प्रत्यासीका रुपमा आफ्नो अन्तर्वार्ता लिँदा चुनाव जित्न सक्ने सम्भावना मापन गर्ने चुनावी नतिजाको प्रक्षेपण नसोधेर गरिखाने वर्गको हितमा के काम गर्न सक्नुहुन्छ भनेर सोधेको स्मरण गरे। तपाईँहरूले मेरो अन्तर्वार्ता लिँदा मेयर पदको निर्वाचनसम्बन्धी सर्वेक्षणहरूका प्रक्षेपणका बारेमा भन्दा न्यू योर्क सिटीका गरिखाने वर्गका लागि मैले के गर्छु भनेर सोध्नुभयो। हामीले दशकौं देखि न्यू योर्क सिटी गरिखाने वर्गले धान्न नसक्ने बनेको र बंगलादेशी जस्ता आप्रवासी विस्थापित बनिरहेको कथा सुनिरहेका छौँ। उनले भने, तीनै विषयमा तपाईँहरूले प्रश्न सोध्नुभयो। त्यहि बेला मैले घर भाडा वृद्धि रोक्छु भनेको हूँ। सार्वजनिक बस निःशुल्क गर्छु र सबैका लागि चाइल्ड केयरको ब्यवस्था गर्छु भनेको हुँ। 

ड्रम बिट्सले निर्वाचनमा स्थानीय उम्मेदवारहरूलाई समर्थन दिनु अघि उनीहरूको अन्तर्वार्ता लिन्छ। आफ्ना सदस्यहरूको रायका आधारमा कुन उमेदवारलाई कुन स्तरको समर्थन प्रदान गर्ने भन्ने निर्णय गर्छ। ड्रम बिट्सले मम्दानीलाई पहिलो स्तरको समर्थन प्रदान गरेको थियो। ड्रमले पहिलो स्तरमा समर्थन गर्दा सर्वेक्षणहरुले उनको पक्षमा दुई प्रतिशतभन्दा कम मत रहेको देखाएको थियो।

पहिलो स्तरको समर्थन प्राप्त गर्ने उमेदवारको निर्वाचन अभियानमा ड्रम बिट्सले आफ्ना सदस्यहरू परिचालन गर्छ। ड्रम बिट्सले न्यू योर्क सिटीको मेयरको प्राइमरी निर्वाचनमा हजारौं फोन कलका, पर्चा वितरण, जुलुस, सभा लगायत २५ हजार भन्दा बढी ढोका ढक्ढक्याएको थियो। यो अभियानमा नेपाली समुदायका ४० भन्दा बढी ड्रम स्वयंसेवक खटिएका थिए।

उनले त्यही प्रतिवद्धता र आस्थाका कारण आज न्यू योर्क सिटीको राजनीतिक समीकरण सधैँका लागि बदल्न सकेको बताए। 'यो लडाइँमा तपाईँहरू साझेदार हुनुहुन्छ। तपाईँ हामीले यो प्राइमरी सँगै जितेका हौँ। यो जितमा मैले तपाईँहरू सँगै नेतृत्व गरेको हुँ,' उनले भने, 'न्यू योर्क सिटीको नेतृत्व पनि हामी त्यसरी नै गर्ने छौँ। हामी प्रत्येकले हामीले काम गरिरहेको र वर्षौं सङ्घर्ष गरिरहेको एजेण्डालाई अघि बढाउने छौँ।'   

प्रतिक्रिया