न्यूयोर्क। राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको बैठक बिना ठूलो ‘ब्रेकथ्रु’ सकिएको छ। तर, युद्धविराम तथा शान्ति प्रक्रिया भने अगाडि बढेको छ।
बैठकले दुई काम अघि सारेको छ। पहिलो, जेलेन्स्की–भ्लादिमिर पुटिन प्रत्यक्ष भेटको पहल। दोस्रो, युक्रेनका लागि दीर्घकालीन सुरक्षा ग्यारेन्टीको रूपरेखा तयार गर्ने काम सुरु।
जेलेंस्कीले बैठकलाई “महत्त्वपूर्ण कदम” भनेका छन। ट्रम्पले पुटिन–जेलेंस्की भेट गराउने संकेत गरेका छन। तत्काल युद्धविराममा सहमति भने हुन सकेन।
यूक्रेन मामिलामा युरोपेली नेताहरू एक ढिक्का देखिए। बेलायतका केयर स्टर्मर, फ्रान्सका इमानुएल माक्रोँ, इटालीकी जोर्जिया मेलोनी, जर्मनीका फ्रेड्रिख मर्ज, फिनल्यान्डका अलेक्जन्डर स्टब, नाटोका महासचिव मार्क रुट्टे र युरोपेली आयोगकी उर्सुला भोन डेर लाइएन उपस्थित थिए। उनीहरूले सुरक्षा ग्यारेन्टीलाई दीर्घकालीन र बाध्यकारी बनाउने जोड दिए।
एजेन्डाको केन्द्र नाटो-जस्तै सुरक्षा संरचना थियो। बैठकमा अमेरिकाको संलग्नता र युरोपेली नेतृत्व हुने प्रस्ताव अघि आएको थियो। साथै यूक्रेनका लागि ठूलो मात्रामा अमेरिकी हतियार खरिदको वित्तीय प्याकेजबारे पनि छलफल भएको थियो। तर यी कुनै विषयमा निर्णय हुन सकेन।
बैठकमा अन्तर मत स्पष्ट देखियो। ट्रम्प तत्काल युद्धविराम अनिवार्य बनाउनेमा हिच्किचाए। जबकि केही युरोपेली नेताले पहिले युद्धविराम चाहेका थिए। उता क्रेमलिनले उच्चस्तरीय वार्ता पक्का गरेको छैन। साथै उसले नाटोको स्थायी उपस्थिति जस्ता सर्तहरू उसले अस्वीकार गरेको छ।
तर युरोप पक्षले फोलो-अप संयन्त्र बनाउने भएको छ। स्टर्मर र माक्रोँले समन्वय बैठकहरू सह-सम्पादन गर्ने तयारी गरेका छन्। ईयू नेताहरूले साझा बिन्दु खोज्ने भएका छन। मस्कोले सहमति गरे जेनेभा सम्भावित स्थल मानिएको छ। किभले सुरक्षा ग्यारेन्टीको कार्य सुरु भइसकेको दाबी गरेको छ। बैठक समग्रमा रूप र सन्देशका हिसाबले फलदायी रह्यो।





प्रतिक्रिया