२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

फलो अपः आइसको गिरफ्तारीबाट भाग्दा ज्यान गुमाउने परिचय खुल्यो

फलो अपः आइसको गिरफ्तारीबाट भाग्दा ज्यान गुमाउने परिचय खुल्यो

क्यालिफोर्निया। इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) को छापाबाट जोगिन भाग्ने मानिसको नाम कार्लोस रोबर्टो मोन्टोया भएको खुलेको छ। उनी ५२ वर्षका ग्वोटेमाला नागरिक रहेको सञ्चारमाध्यमहरुले जनाएको छ।मन्रोभियास्थित होम डिपोमा आइसले हानेको छापाबाट भाग्दा बिहीबार उनको गाडिको ठक्करबाट ज्यान गएको थियो।

होम डिपोमा आइसको छापाः भाग्न खोज्दा ज्यान गयो

आइसले बिहीबार बिहान डाउनटाउन लस एन्जेलसदेखि करिब २० माइल उत्तर–पूर्व मोन्रोभियास्थित होम डिपोमा छापा हानेको थियो। छापाबाट उम्केर ती मानिस भाग्दै पूर्वतर्फ २१० फ्रीवेमा प्रवेश गरेका थिए। त्यहाँ उनलाई एउटा गाडिले ठक्कर दिएको थियो। 

ट्रम्प प्रशासनले आप्रवासी निर्वासन अभियान तीव्र बनाएसँगै होम डिपोजस्ता कागजात नभएका ज्यालादारी मजदुरहरू काम खोज्न भेला हुने स्थलमा छापा मार्ने क्रम तीब्र बनाएको छ। 

प्रतिक्रिया