फ्लोरिडा। फ्लोरिडाले बेकर करेक्सनल इन्स्टिच्युसनलाई आप्रवासी थुनुवा केन्द्र बनाउने घोषणा गरेको छ। “डिपोर्टेसन डेपो” नाम दिएको यो केन्द्र उत्तर फ्लोरिडाको ज्याक्सनभिलबाट करिब ४३ माइल पश्चिममा निर्माण हुनेछ।
प्रारम्भिक क्षमता एक हजार ३ सय बेडको हुने डिपोर्टेसन डिपोलाई २ हजार बेडसम्म विस्तार गर्न सकिनेछ। फ्लोरिडाका गभर्नर रोन डे स्यान्टिसका अनुसार डिपोर्टेसन डिपो दुई तीन हप्ताभित्र सञ्चालनमा आउने छ। डिपोलाई फ्लोरिडा नेशनल गार्ड र स्टेट कन्ट्य्राक्टरहरुले गर्नेछन्। डिपोर्टेसन डिपोको निर्माण लागत करिब ६ मिलियन डलर हुने अनुमान गरिएको छ। डे स्यान्टिसले उक्त करेक्सन इन्स्टिच्युटमा “तयार पूर्वाधार” भएकाले छिटो र सस्तोमा सञ्चालन गर्न सकिने बताएका छन्।
उनले यो कदमलाई सङ्घीय आप्रवासन कानून कार्यान्वयन बलियो बनाउने रणनीतिको भाग भएको पनि बताए। उनका अनुसार फ्लोरिडामा ५० हजारदेखि एक लाख आप्रवासीलाई डिपोर्ट गर्ने आदेश भइसकेको छ। तर, उनीहरूलाई अझ डिपोर्ट गरिएको छैन।
डे स्यान्टिसले डिपोर्टेसन डिपो सुविधायुक्त र एयर एयरकन्डिसनयुक्त हुने बताए। तर फ्लोरिडाले यसअघि निर्माण गरेको “एलेगेटर अलकाट्राज” भनिने आप्रवासी थुनुवा केन्द्र असुरक्षित र अमानवीय अवस्थाको भएको कानून व्यवसायीहरूले आरोप लगाएका छन्।





प्रतिक्रिया