न्यू योर्क। उज्यालो नेपालका अभियन्ता कुलमा घिसिङले नेपालमा र नेपालीको मुहारमा उज्यालो ल्याउन नेतृत्वका लागि तयार भएको बताएका छन्।
उनले उज्यालो नेपाल अभियानको उदेश्य राजनीतिक दल स्थापना गर्ने नभएको प्रष्ट पार्दै उक्त कुरा बताएका हुन्। हाम्रो उदेश्य राजनीतिक दल खोल्ने भन्ने होइन, उनले एनवाईसी नेपाल न्युजसँगको कुराकानीमा भने, तर आवश्यक परे नेपाल र नेपालीको मुहारमा उज्यालो ल्याउने कामको नेतृत्व गर्न तयार छु।
घिसिङले उज्यालो अभियान भविष्यमा राजनीतिक दलमा रुपान्तरण हुन सक्ने संभावना भने अस्वीकार गरेनन्। तर, उनले यो अभियानको एउटा प्रमुख तात्कालीन उदेश्य असल नेतृत्व जन्माउन राजनीतिक दललाई दवाब दिनु पनि रहेको बताए। बहरायनमा उज्यालो नेपाल अभियान घोषणा गरेपछि उनी यो अभियानलाई लिएर अन्तराष्ट्रिय यात्रामा छन्। पछिल्लो पटक अमेरिकाको न्यू योर्क आइपुगेका उनले देश (नेपाल) को हरेक क्षेत्रमा उज्यालो ल्याउन कस्ता कदम चाल्ने भन्ने बारे अभियानले नै तय गर्ने बताए। यो अभियानको उदेश्य सबै नेपालीको मुहारमा उज्यालो ल्याउनु हो, लोडसेडिङ अन्त्य गर्नुमात्र होइन, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा लोडसेडिङ अन्त्य गरी सवत्र चर्चा र ख्याति कमाएका उनले भने।
उनको यो यात्रालाई भारतमा केजरीवालको राजनीतिक यात्रासँग जोडेर हेरिन थालेपछि उज्यालो अभियान र त्यसको राजनीतिक उदेश्यमा केन्द्रित रहेर एनवाईसी नेपाल न्युज डटकमकी सम्पादक मच्छे गुरुङले उनै घिसिङसँग गरेको भिडियो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।






प्रतिक्रिया