न्यूयोर्क । डेमोक्रेटिक पार्टीका मेयर उम्मेदवार जोह्रान मम्दानीले न्यूयोर्क सिटीको मेयर पदका लागि आम निर्वाचनमा पनि अन्य उम्मेद्धारलाई उछिन्दै अग्रता कायम गरेको एक सर्वेक्षेणले देखाएको छ । सर्वेक्षणको परिणाम अनुसार मम्दानीले पूर्व गभर्नर एन्ड्र्यु कुओमोभन्दा १० अङ्कले अग्रता लिएका छन्, भने मेयर एरिक एडम्स र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई समेत पछि पारेको एक स्वतन्त्र सर्वेक्षणको परिणाम भन्दै न्यूयोर्कका स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
सर्वेक्षण अनुसार मम्दानीले ३५% मतदाताको समर्थन प्राप्त गरेका छन्, त्यसपछि कुओमो २५%, स्लिवा १४%, एडम्स ११%, र स्वतन्त्र उम्मेदवार जिम वाल्डेन १% मा छन्। तर १३% मतदाता अझै अनिर्णीत छन्, जसले अन्य उम्मेदवारहरूलाई थप मत तान्ने अवसर दिन सक्नेछ।
सर्वेक्षण संस्था स्लिङशट स्ट्राटेजिज, जसले प्राथमिक चुनावमा स्कट स्ट्रिङरको लागि काम गरेको थियो तर अहिले कुनै उम्मेदवारसँग सम्बन्धित छैन,ले जुलाई २ देखि ६ सम्म १ हजार ३६ मतदातासँग कुरा गरेको सर्वेक्षणमा जनाइएको छ । यो परिणामले कुओमोले स्वतन्त्र अभियान चलाउने कि नचलाउने भन्ने निर्णयमा सहयोग पु¥याउन सक्छ। यद्यपि उनको नाम नोभेम्बरको निर्वाचनमा “फाइट एण्ड डेलिभर” नामक मतपत्रमा हुनेछ, उनले अझै औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन्।
सर्वेक्षणले मम्दानीलाई विभिन्न समूहका मतदाताको समर्थन प्राप्त भएको देखाउँछ। यद्यपि उनको सबैभन्दा ठूलो समर्थन श्वेत, कलेज–शिक्षित र महिलामाझ देखिन्छ — जुन प्रवृत्ति प्राथमिक चुनावमा पनि देखिएको थियो — उनले अश्वेत र ल्याटिनो मतदातामाझ पनि क्रमशः ३५% र ४५% को साथ अग्रता लिएका छन्।




प्रतिक्रिया