०४ माघ २०८२, शनिबार
Sat, Jan 17, 2026
SUBSCRIPTION

टेक्सासमा​ आएको बाढीबाट १३ जनाको मृत्यु, हराएका व्यक्तिहरूको खोजी जारी

हराइरहेका २० बालिकाहरूको खोजी जारी छ।सयौं आपत्कालीन उद्धारकर्मीहरू १४ वटा हेलिकप्टर तथा सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् । जलमग्न सडकहरू पार गर्न कठिन भइरहेको समाचार छ।
टेक्सासमा​ आएको बाढीबाट १३ जनाको मृत्यु, हराएका व्यक्तिहरूको खोजी जारी

 

टेक्सासको केर काउन्टीमा आएको विनाशकारी बाढीबाट १३ जनाको मृत्यु भएको छ। ग्वाडालुपे नदीको किनारमा रहेको क्याम्प मिस्टिक घरहरु बाडीले बगाउँदा १३ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्  

विनाशकारी बाढीपछि कम्तीमा २० जना बालिकाहरु हराएको न्यू योर्क टाइम्सले जनाएको टेक्सासका कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले क्याम्प मिस्टिकबाट कम्तीमा २० जना बालिकाहरू हराइरहेका जानकारी दिएका छन् कार्यवाहक गभर्नर प्याट्रिकले क्याम्प मिस्टिकले सम्पर्कविहीन अभिभावकहरूलाई सम्पर्क गर्ने प्रयास गरिरहेको बताएका छन् हराइरहेका २० बालिकाहरूको खोजी जारी छ।

आज बिहान सबेरै शुरू भएको बाढीले मध्य टेक्सासको क्याम्प मिस्टिक घरहरूमा क्षति पुगेको समाचारमा जनाइएको क्याम्पमा झण्डै ७५ जना बालबालिका छन्।

बेपत्ता भएका बालबालिकाका अभिभावकहरूले आफ्ना बालबालिकाका तस्बिरहरू अनलाइनमा पोस्ट गर्दै जानकारी दिएका छन्। केही अभिभावकहरु पुनर्मिलन केन्द्रमा आफ्ना आफन्त खोज्न गएको समाचारमा उल्लेख  

सयौं आपत्कालीन उद्धारकर्मीहरू १४ वटा हेलिकप्टर तथा सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् जलमग्न सडकहरू पार गर्न कठिन भइरहेको समाचार छ। 

टेक्सास सार्वजनिक सुरक्षाका निर्देशक फ्रिम्यान एफ. मार्टिनले आज पत्रकार सम्मेलनमा भने, यो एक दुःखद घटना हो, यो सामूहिक मृत्युदर हुने घटना बन्न सक्नेछ।

सुरक्षाका निर्देशक फ्रिम्यान एफ. मार्टिनले जसका अभिभावकले क्याम्पबाट केही खबर पाएका छैनन् ती सबै सुरक्षित रहेको मान्नुपर्ने बताए। 

केर काउन्टीका प्रमुख निर्वाचित अधिकारी न्यायाधीश रोब केलीले पत्रकार सम्मेलनमा भने, हामीसँग चेतावनी प्रणाली छैन, हामीलाई यो बाढी आउँदैछ भन्ने थाहा थिएन।

हन्ट, टेक्सासमा, ग्वाडालुपे नदी दुई तिर छुट्टिने ठाउँमा बिहीबार दिउँसोदेखि सात इन्चभन्दा बढी वर्षा भएको जनाइएको  

प्रतिक्रिया