२५ माघ २०८२, शनिबार
Sat, Feb 7, 2026
SUBSCRIPTION

नागरिकता खोस्ने तयारी, अपराधी पृष्ठभूमिका जोखिममा

नागरिकता खोस्ने तयारी, अपराधी पृष्ठभूमिका जोखिममा

न्यू योर्क। अमेरिकाको न्याय विभागले अब अपराधमा मुछिएका प्राकृतिक नागरिक (अमेरिका आउँदा ग्रीनकार्ड पाएका तर पछि नागरिकता लिएका मानिस) को नागरिकता खोस्ने कारवाहीलाई प्राथमिकता दिन थालेको छ। यो ट्रम्प प्रशासनको कडा रूपको आप्रवासन नीतिको अर्को पाटो हो, जसमा कानुनी रूपमा बसोबास गर्ने नागरिक भएका मानिसहरू पनि निशाना बनेका छन्।अपराधी पृष्ठभूमिका जोखिममा छन्।

न्याय विभागले युद्ध अपराध गर्ने, मानवअधिकार उल्लंघन गर्ने, झुट बोलेर नागरिकता लिएका, अमेरिका समाजका लागि खतरा मानिएका आतंकवादमा दोषी ठहरिएका मानिसहरूको नागरिकता खोस्ने प्रक्रिया सुरु गरिने बताएको छ।

प्राकृतिक नागरिक भनेको  ग्रीनकार्ड पाएर पाँच वर्षपछि प्रक्रिया पूरा गरेर अमेरिकी नागरिक प्राकृतिक नागरिक हुन्। 

सन् २०२२ मा अमेरिका बसोबास गर्ने ४६. मिलियन आप्रवासीमध्ये २४. मिलियन (५३ प्रतिशत) आप्रवासीले नागरिकता लिइसकेका छन्। विगत १० वर्षमा झन्डै मिलियन आप्रवासीले अमेरिकी नागरिकता लिएका छन्  

कति जनाको नागरिकता खोसिएको ?

सन् १९९० देखि २०१७ सम्म मात्र सय जना (वार्षिक ११ जति) को नागरिकता खोसिएको छ। तर ट्रम्प कार्यकालपछि यो संख्या तीव्र रूपमा बढेको छ।

२०१७ को अन्त्यसम्म २५ सय केस जाँचका लागि छानिएको थियो सय १० केस न्याय विभागमा पठाइएको थियो।

कानुनविद् क्यासान्ड्रा रोबर्टसनका अनुसार यसरी नागरिकता खोस्ने प्रक्रिया संविधानको चौधौं संशोधनविरुद्ध हुन्छ, जसले सबै नागरिकलाई समान कानुनी अधिकार दिन्छ।

यो अभियानले आलोचकहरूको आवाज दबाउने प्रयास पनि हुन सक्छ। खासगरी गाजाविरुद्ध इजरायलको युद्धको आलोचना गर्नेहरू, प्रो प्यालेस्टाइन बारेमा धारणा राख्नेहरूलाई पनि निशाना बनाइएको छ।

हालै एक जना बाल यौन शोषण सम्बन्धी अपराधमा दोषी ठहर भएका व्यक्तिको नागरिकता खोसिएको छ।

प्रतिक्रिया