२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

इरानद्वारा कतारस्थित अमेरिकी मिलिटरी बेसमा मिसाइल प्रहार

इरानद्वारा कतारस्थित अमेरिकी मिलिटरी बेसमा मिसाइल प्रहार

एजेन्सी। इरानले कतारस्थित अमेरिकी मिलिटरी बेसमा मिसाइल प्रहार गरेको छ। इरानले अमेरिकी सेनाको अल उडेदस्थित मिलिटरी बसेमा सोमबार शक्तिशाली मिसाइल आक्रमण गरेको जनाएको छ। 

मिसाइल प्रहारको विस्फोट कतारको राजधानी दोहासम्म सुनिएको थियो। दोहादेखि अल उडेद नजिकै पर्छ। कतारको रक्षा मन्त्रालयले आक्रमण सफलतापूर्वक भएको जनाएको छ। आक्रमणमा मानवीय क्षति भएनभएको खुलेको छैन। 

अमेरिकाले इरानी आणविक केन्द्रहरूमा बम प्रहार गरेको दुई दिनपछि इरानले जबाफी हमला गरेको हो। अमेरिकाले जुन २२ मा इरानको तीनवटा आणविक केन्द्रमा बम प्रहार गरेको थियो।

इरानले भने मिसाइल आक्रमण रोक्न सफल भएको दावी गरेको छ। अमेरिकी मिलिटरी बेसमा मिसाइल प्रहार भएलगत्तै कतारले आफ्नो आकाशमा उडान बन्द गरेको छ। कतारले आक्रमणको कडा निन्दा समेत गरेको छ। अमेरिकी प्रशासनले भने मध्य पूर्वमा भइरहेको घटनाक्रम विकास निगरानी गरिरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। 

प्रतिक्रिया