०४ माघ २०८२, शनिबार
Sat, Jan 17, 2026
SUBSCRIPTION

वासिङ्टन डिसीमा इजरायली दूतावासका दुईजना कर्मचारीको गोली हानी हत्या

एक यहूदी संग्रहालयमा आयोजित कार्यक्रममा भाग लिइरहेका बेला दुई जना इजरायली दूतावासका कर्मचारीहरूलाई गोली प्रहार गरिएको हो । गोली लागेर दुवैको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।
वासिङ्टन डिसीमा इजरायली दूतावासका दुईजना कर्मचारीको गोली हानी हत्या

वासिङ्टन डी.सी. । वासिङ्टन डिसीमा इजरायली दूतावासका कर्मचारीहरूलाई अज्ञात समूहले बुधबार राति गोली प्रहार गरि हत्या गरेको छ । एक यहूदी संग्रहालयमा आयोजित कार्यक्रममा भाग लिइरहेका बेला दुई जना इजरायली दूतावासका कर्मचारीहरूलाई गोली प्रहार गरिएको हो । गोली लागेर दुवैको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टि नोएमले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै वासिङ्टन डी.सी.को यहूदी संग्रहालय नजिकै दुई जना इजरायली दूतावासका कर्मचारीको हत्या गरिएको जानकारी गराएको छ । हामी घटनाको अनुसन्धानमा सक्रिय छौं, पीडित परिवारको लागि प्रार्थना गरौं।” नोएमले भनेका छन् । 
घटनास्थलमा अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डी र वासिङ्टनका कार्यवाहक अमेरिकी अटर्नी जीनिन पिरो पुगेका थिए। बोन्डीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “वासिङ्टनको क्यापिटल यहूदी संग्रहालय बाहिर भयावह गोलीकाण्ड भएको घटनास्थलमा छु। पीडितप्रति समवेदना प्रकट गर्दै विस्तृत जानकारी प्राप्त गर्ने प्रयासमा छौं।”

इजरायली दूतावासकी प्रवक्ता तल नाइम कोहेनका अनुसार, दुबै कर्मचारीहरूलाई “निकट दूरीबाट” गोली हानिएको थियो। अमेरिकन यहूदी कमिटीका प्रमुख कार्यकारी टेड डचले उक्त कार्यक्रम उनीहरूको समूहले आयोजना गरेको पुष्टि गर्दै भने, “कार्यक्रमस्थलबाहिर यस्तो अकल्पनीय हिंसात्मक कार्य भएकोमा हामी स्तब्ध छौं।” उनले पीडित र उनीहरूको परिवारप्रति समवेदना प्रकट गरे। उक्त कार्यक्रमलाई योङ डिप्लोम्याट्स रिसेप्शन” भनेर परिभाषित गरिएको थियो, जसमा २२ देखि ४५ वर्षसम्मका यहूदी युवा पेशेवरहरू र वासिङ्टनस्थित कूटनीतिक समुदायका सदस्यहरू सहभागी थिए।

एफबीआई निर्देशक काश पटेलले मेट्रोपोलिटन प्रहरीसँग सहकार्य गर्दै अनुसन्धान भइरहेको बताए। एफबीआई वासिङ्टन फिल्ड अफिसले सार्वजनिक पोस्टमार्फत जनाएअनुसार, “हाल सार्वजनिक सुरक्षामा कुनै तत्कालीन खतरा छैन।” गोली प्रहार गर्ने व्यक्ति वा समूहको बारेमा भने तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया