न्यु योर्क। नेपाली मूलकी न्यु योर्क स्टेट एसेम्ब्ली मेम्बर सराहना श्रेष्ठले अधिनायकवाद परास्त गर्न सम्पूर्ण आप्रवासीहरू एक हुनुपर्ने बताएकी छन्। उनले एनवाइसी नेपाल न्युज डटकमसँग कुराकानी गर्दै यस्तो बताएकी हुन्।
‘अहिले आप्रवासीलाई दोष दिन संस्कृति एकदमै मौलाएको छ। यो आप्रवासीहरूलाई फुटाएर शासन गर्ने अधिनायकवादको एउटा रणनीति नै हो,’ सराहना श्रेष्ठले भनिन्, ‘हामी आप्रवासी एक भयौं भने उनीहरु हार्छन्। तर, हामीलाई फुटाउन र शासन गर्ने रणनीतिले यतिबेला सफलतापूर्वक काम गरिरहेको छ। ट्रम्पले जस्तो चाहेका छन् त्यस्तै भइरहेको छ।’
श्रेष्ठले ९९ प्रतिशत श्रमजीवी र तल्लो तहका मानिसलाई एक प्रतिशतभन्दा कम अर्बपतिहरूले शासन गरिरहेको उल्लेख गर्दै यस्तो अधिनायकवादी संस्कृति परिवर्तन गर्न राजनीतिमा आएको बताइन्। ‘यो नै म सक्रिय राजनीतिमा आउन (टु रन द अफिस का लागि पर्याप्त कारण बन्यो,’ डिस्ट्रिक्ट १०३ बाट न्यु योर्क स्टेट एसेम्बलीमा निर्वाचित उनले भनिन्, ‘श्रमजीवी र तल्लो तहका मानिसलाई किन एक भएर सङ्घर्ष गर्नु आवश्यक छ भन्ने बुझाउनु जरुरी छ।’
उनले आप्रवासी र श्रमजीवी वर्ग आवास, चाइल्डकेयर लगायतका विभिन्न समस्यामा रहेको उल्लेख गदै उनीहरु एक हुनुको विकल्प नरहेको बताइन्। ‘घर सफा गर्ने, होम केयर, चाइल्ड केयर जस्ता काम केन्द्रमा हुनुपर्छ,’ उनले भनिन्, ‘यो इसेन्सियल वर्क हो जसले अरु सबैलाई काम गर्न समर्थ बनाउँछ, सिस्टम रन गर्न सक्षम बनाउँछ।’ साथै, उनले आप्रवासीहरू भाषाकै कारण विभिन्न अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्नु जरुरी रहेको पनि बताइन्।
श्रेष्ठसँग एनवाइसी नेपाल न्युज डटकमकी सम्पादक मच्छेदेवी गुरुङले गरेको भिडियो कुराकानीको सम्पादित अंशः






प्रतिक्रिया