न्यू योर्क। नेपालीको टेम्पोररी प्रोटेक्डेड स्टाटस (टीपीएस) अवधि थपिनेमा अन्यौल रहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले हैटीको टीपीएस खारेज गरेका छन्। उनले ‘एक्ज्याकेटिभ अर्डर’ मार्फत बिहीबार हैटीको थपिएको टीपीएस अवधि खारेज गरेका हुन्।
निवर्तमान राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकाल सकिने बेला हैटी लगायतका केही देशका नागरिकका लागि टीपीएस अवधि १८ महिना थपिदिएका थिए। त्यससँगै उनीहरूको टीपीस अवधि फेब्रुअरी ३, २०२६ सम्म लम्बिएको थियो।
एक्ज्याकेटिभ अर्डरमार्फत बाइडनले थपिदिएको टीपीएस अवधि खारेज भएपछि हैटीको टीपीएस आगामी अगस्ट ३ मा सकिने छ। यसबाट हैटीका करिब पाँच लाख मानिसलाई असर पुग्छ। अमेरिकाले प्राकृतिक प्रकोप, युद्ध र अन्य असामान्य अवस्थाका कारण आफ्नो देशमा बस्न सक्ने अवस्था नभएका विदेशी नागरिकलाई टीपीएस प्रदान गर्दै आएको थियो।







प्रतिक्रिया