न्यूयोर्क । मेक्सिकोले सीमानाकामा आप्रावासी रोक्न सहयोग गर्ने प्रतिबद्धतापछि २५ प्रतिशत आयात कर लगाउने घोषणालाई एक महिना स्थगित गर्न ट्रम्प प्रशासन तयार भएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउमले ट्रम्प प्रशासनसंग गरेको चरणबद्ध छलफलल पछि यो सहमतिमा पुगेको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसबारेमा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पवीच छलफल समेत भएको थियो । राष्ट्रपति ट्रम्पले शनिबार सीमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने आप्रावासी रोक्न र चोरी प्रठारी नियन्त्रणमा सहयोग नगरेको भन्दै फेब्रुअरी ४ बाट लागु हुने गरी मेक्सिको र क्यानाडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । ट्रम्पको घोषणा लागु हुनु एक दिन अघि मेक्सिकोसंग सहमति भएको हो । क्यानाडासंग भने सोमबार पनि वार्ता भइरहेको विभिन्न संचार माध्यमहरुले जनाएका छन् ।
सम्झौता अनुसार मेक्सिकोले १०,००० अतिरिक्त सैनिकहरू सीमा सुरक्षा लागि पठाउने सहमति जनाएको छ । यस्तै अवैध लागु औषध र हतियार प्रवाह रोक्न पनि सहयोग गर्ने प्रतिबद्धता मेक्सिकोले गरेको छ ।
सम्झौतासँगै, मेक्सिकोले २५ प्रतिशतको व्यापार करबाट कम्तीमा एक महिनाको लागि राहत प्राप्त गरेको छ ।
आफ्नो घोषणा बारेमा राष्ट्रपति ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोसँग सोमबार पनि वार्ता गरिने बताइएको छ । ट्रम्पको घोषणाले विश्वभर चासो र चिन्ता बढेको छ ।




प्रतिक्रिया