न्यू योर्क। स्टेट डिपार्टमेन्टले सबै शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएस रिफ्युजी एड्मिसन प्रोग्राम निलम्बन गरेलगत्तै डिपार्टमेन्टले सबै शरणार्थीलाई अमेरिका यात्रा गर्न रोक लगाएको हो।
सीबीएस न्युजका अनुसार र रिफ्युजी एड्मिसन प्रोग्राम निलम्बनसँग तालमेल मिलाउन स्टेट डिपार्टमेन्टले शरणार्थीलाई अमेरिका यात्रामा रोक लगाएको हो। यससँगै परोलमा अमेरिका बाहिर गएका शरणार्थी अमेरिका फर्किन पाउने छैनन्।
साथै, स्टेट डिपार्टमेन्टले शरणार्थी आवेदनमा काम गर्न पनि रोक लगाएको छ। स्टेट डिपार्टमेन्टले जनवरी २२ बिहान मेमो जारी गरी सबै शरणार्थीलाई अमेरिका यात्रामा रोक लगाएको जानकारी दिएको हो। यसबाट मुख्य रुपमा अफगानिस्तान, कङ्गो, सिरिया, भेनेजुएला, सिरिया र बर्माका शरणार्थी मर्कामा परेका छन्। सीबीएस फिप्टी एटले करिब १० हजार शरणार्थीको अमेरिका उडान रद्ध भएको हुनसक्ने जनाएको छ।





प्रतिक्रिया