१७ वैशाख २०८३, बिहिबार
Thu, Apr 30, 2026
SUBSCRIPTION

अमेरिकी कंग्रेसद्धारा राष्ट्रपति निर्वाचनको परिणाम प्रमाणित

संयोग कस्तो रह्यो भने ह्यारिस नै ट्रम्पको चुनाबी प्रतिस्पर्धी समेत रहेका थिए । यस पटक भने निर्वाचन परिणामलाई प्रमाणित गर्ने प्रक्रिया निकै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ, जुन चार वर्ष पहिलेको घटनासँग बिल्कुल फरक थियो, चारवर्ष अघि निर्वाचन परिणामलाई प्रमाणित गर्न कंग्रेसको बैठक बसिरहेको बेला ट्रम्पका समर्थकहरूले क्यापिटलमा हिंसात्मक आक्रमण गरेका थिए।
अमेरिकी कंग्रेसद्धारा राष्ट्रपति निर्वाचनको परिणाम प्रमाणित

न्यूयोर्क । गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड जे. ट्रम्पको जीतलाई अमेरिकी कंग्रेसले सोमबार औपचारिक रूपमा प्रमाणित गरेको छ । हाउस अफ रिप्रेजेन्टिभ र सिनेटको संयुक्त बैठकमा गत नोभेम्बर ५ मा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयी भएको उपराष्ट्रपति कमल ह्यारिसले प्रमाणित गरेका हुन् । 

संयोग कस्तो रह्यो भने ह्यारिस नै ट्रम्पको चुनाबी प्रतिस्पर्धी समेत रहेका थिए । यस पटक भने निर्वाचन परिणामलाई प्रमाणित गर्ने प्रक्रिया निकै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ, जुन चार वर्ष पहिलेको घटनासँग बिल्कुल फरक थियो, चारवर्ष अघि निर्वाचन परिणामलाई प्रमाणित गर्न कंग्रेसको बैठक बसिरहेको बेला ट्रम्पका समर्थकहरूले क्यापिटलमा हिंसात्मक आक्रमण गरेका थिए।

यसपटक क्यापिटलमा कडा सुरक्षा व्यवस्था राखिएको थियो, तर कुनै पनि प्रकारको विवादको घटना भएन । उपराष्ट्रपति एवं राष्ट्रपति पदका प्रत्यासी कमला ह्यारिसले चुनावी मतगणना गरेको समयमा नै आफ्नो पराजय स्वीकार्दै लोकतान्त्रिक प्रणालीको सम्मान गरिसकेका थिए । २०२० को निर्वाचनमा भने रिपब्लिकन पार्टीका सदस्यहरूले मतगणनामा आपत्ति जनाउदै मतगनना स्थल नै छाडेका थिए । 

सोमबारको बैठकमा निर्वाचन परिणामको प्रमाणिकरण प्रक्रिया निकै छिटो र शान्तिपूर्वक सम्पन्न भयो । प्रतिनिधि सभा र सिनेटका सदस्यहरूले पूर्वनिर्धारित रूपमा प्रत्येक राज्यका मतपरिणामको संख्या पढे र सबै मतपत्रलाई “साधारण र प्रामाणिक“ घोषणा गरे। कुनै सदस्यले कुनै चुनौती उठाएनन्। यस प्रक्रियामा प्रमुख राजनीतिक विभाजन भनेको प्रत्येक पार्टीका सदस्यहरूले आफ्ना पक्षका जितेका राज्यहरूको मत गन्ने क्रममा ताली बजाएका थिए।

उपराष्ट्रपति ह्यारिसले चुनाव प्रमाणिकरण बैठकको अध्यक्षता गरेकी थिइन्, जहाँ उनले आफ्नै पराजयलाई प्रमाणित गर्दै थिइन । बैठकपछि उनले सञ्चारकर्मीहरूसंगको प्रतिक्रियामा लोकतन्त्रलाई जनताले मतदानमार्फत कायम राखेको र त्यसलाई राजनीतिक दलले स्वीकार गर्नुपर्ने बताए । 

प्रतिक्रिया