न्यूयोर्क । लुजियाना राज्यको न्यू ओर्लिन्स शहरमा नयाँ वर्षको उत्सव मनाइरहेका मानिसहरुको भीडमा एक गाडी कुदाउदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् ।
नयाँ वर्षको उत्सव मनाइरहेका मानिसहरुको भीडमा विहान सवा तीन बजेतिर उक्त घटना भएको सिटी अफ न्यू ओर्लिनले आफ्नो वेभसाइटमार्फत जानकारी गराएका छन् । स्थानीय उद्धारकर्मीहरुले दुर्घटनापछि उद्धार गरिरहेको र घाइतेहरुलाई नजिकका पाँचवटा अस्पतालहरुमा लगेको पनि वेभसाइटले जनाएको छ ।
न्यू अर्लियन्सका सरकारी अधिकारीहरूका अनुसार दुर्घटना बोरबन स्ट्रिट र क्यानाल स्ट्रिटको चोकमा भएको थियो, जुन शहरको फ्रेन्च क्वार्टरमा पर्छ। यस क्षेत्रको लोकप्रिय नाइटलाइफको कारण यहाँ सधैं ठूलो भीड जम्ने गर्छ । दुर्घटनापछि, घटनास्थलमा प्रहरी र आपतकालीन सेवा वाहनहरू परिचालित भएका छन् ।
भीडमा अनियन्त्रित रुपमा एक ट्रक दौडाइएर दुर्घनता गराइएको न्यू ओर्लिन्सका प्रहरी सुपरिडेन्ट एनी किर्कप्याट्रिकले जानकारी दिएको द वासिङटन पोष्ट दैनिकको अनलाईन संस्करणले उल्लेख गरेको छ । दुर्घटनापछि संधिग्द गाडी चालकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानले यो दुर्घटना आतंकवादी गतिविधि नभएको र थप अनुसन्धान जारी रहेको ती प्रहरी अधिकारीले बताएका छन् ।
लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीले सामाजिक संजालमा पोस्ट गर्दै यो घटनालाई “भयानक हिंसा” भनेका छन् र पीडितहरूको लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेका छन्। उनले आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै घटना स्थलबाट टाढा रहन सबैलाई आग्रह गरेका छन् । यो घटनाले शहरमा ठूलो शोक र चासोको माहौल सिर्जना गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । घटनको अनुसन्धान जारी रहेको जनाइएको छ ।





प्रतिक्रिया