न्यूयोर्क । म्यानहाटनको व्यस्त क्षेत्र मिडटाउनको हिल्टन होटल बाहिर हेल्थकेयर सिइओ हत्या घट्नाका आरोपी लुइजी मंगियोनलाई संघीय अदालतले पनि हत्याको आरोपसहीत मुद्दा लगाउने भएको छ । संघीय अदालतको अरोप पुष्टि भएमा मंगियोनलाई मृत्युदण्ड सम्मको सजाय हुन सक्ने बताइएको छ । न्यूयोर्क राज्य सरकारले भने यसअघि नै फस्र्ट डिग्री मर्डरको अभियोग लगाउने निर्णय गरिसकेको छ । न्यूयोर्कको ग्राण्ड जुरीले योजनाबद्धा हत्याको आरोपमा फस्र्ट डिग्री अभियोग र आतंककारी गतिविधिको आरोपमा सेकेण्ड डिग्री अभियोग लगाउने तयारीसाथ अभियुक्त मंगियोनलाई डिसेम्बर १९ मै पेन्सिलभेनियाबाट न्यूयोर्क ल्याएको छ । पेन्सिलभेनियाबाट उनलाई सिधै हेलिकप्टरबाट म्यानहटनमा उतारिएको थियो । फस्र्ट डिग्री हत्या अभियोग पुष्टि भए लुइजीलाई आजीवन काराबासको सजाय हुनेछ भने संघीय अदालतको अरोप पुष्टी भएमा मृत्युदण्डको सजाय हुने जानकारहरु बताउछन् । न्यूयोर्क राज्यमा भने मृत्युदण्डको सजाय छैन ।
न्यूयोर्क सुपुर्दगीका लागि विहीबार नै उनलाई पेन्सिलभेनिया अदालतमा सुनुवाई गरी न्यूयोर्क प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । म्यानहटन ल्याए लगतै विहीबार र शुक्रबार नै उनलाई अदालतमा उपस्थित गराइएको छ । डिसेम्बर ४ मा न्यूयोर्कको म्यानहटनमा युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्याको आरोपमा लुइजी मंगियोनलाई एकसाता पछि पेन्सिलभेनियामा पक्राउ गरेको थियो ।
हेल्थकेयर सिइओ थम्पसनको हत्या पूर्वनियोजित, लक्षित बन्दूक हिंसा र आतंका फैलाउने उदेश्यले भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको प्रहरीको दावी छ । पेन्सिलभेनियाको अदालतमा समेत उनलाई हतियार सम्बन्धी मुद्धा चलाइएको छ ।




प्रतिक्रिया