न्यू योर्क । न्यूयोर्क राज्यका गभर्नर क्याथी होकुलले बढ्दो महंगीमा न्यूयोर्कबासीलाई राहत प्रदान गर्न भन्दै प्रति परिवार ५ सय डलरको चेक प्रदान गर्ने घोषणा गरेका छन ।
गभर्नर होकुलले सोमबार ब्रङ्समा भएको एक कार्यक्रममा बढ्दो महंगीमा अभिभावकहरूले खेप्नु परेको तनावलाई आफुले बुझिरहेको भन्दै न्यूयोर्कबासीले विभिन्न सामान खरिद गर्दा तिरेको करको रकम उनीहरुलाई नै फिर्ता गर्ने आफ्नो तयारी स्वरुप यो रकम वितरण गर्न लागेको जानकारी दिएका हुन् । यस्तो राहत रकम वार्षिक १ लाख ५० हजारभन्दा कम आम्दानी भएका व्यक्तिगत ट्याक्स फाइल गर्नेलार्ई ३ सय डलर र वार्षिक ३ लाख डलर भन्दा कम आम्दानी भई संयुक्त रुपमा ट्याक्स फाइल गर्ने परिवारलाई ५ सय डलरको चेक प्रदान गरिने उनले जानकारी दिए । यो चेक रकम एक पटकका लागि प्रदान गर्न लागिएको हो ।
आफ्नो घोषणालाई आगमी जनवरीमा राज्यसंसदबाट पारित गराउने र वितरण प्रक्रिया शुरु गरिने पनि उनले बताए । आफ्नो यो प्रस्ताबलाई राज्य संसदबाट सजिलै परित हुने विश्वास समेत उनले व्यक्त गरिन् । यस्तो रकम न्यूयोर्क राज्यका ८६ लाख करतिर्ने परिवारलाई वितरण गरिने र यस्का लागि राज्यको बजेटबाट ३ विलियन डलर छुट्याइने पनि गभर्नर होकुलले जानकारी दिए ।
कोरोना महामारीपछि मात्र पनि झण्डै दोब्बरले महंगी बढेको छ, यस्तो महंगीको बेला न्यूयोर्कबासीले विभिन्न सामान किन्ने बेलामा पनि कर तिरेका छन्, तपाईहरुले तिरेको कर राज्यले लिनु हुँदैन भन्ने अभिप्रायले यो रकम फिर्ता गर्न लागेको हो, घोषणा सभालाई सम्बोधन गर्दै गभर्नर होकुलले भने । यो प्रस्ताब आगभि २०२५ को लागि पहिलो प्रस्ताब भएको पनि उनले बताए ।
एक ग्यालन दूधमा एक डलर महँगो भइसकेको छ, अन्डा, ह्याम्वर्गर लगायतका सामानहरुको भाउ बढीसकेको छ यस्तो महंगीमा ५ सयले पनि न्यूयोर्कबासीलाई धेरै राहात मिल्नेछ, उनले भने । गभर्नर होकुलले आफु पनि कामकाजी परिवारमै हुर्किएको स्मरण गर्दै आफु बच्चा हुँदा आमाले लुगा किन्न पैसा बचत गरेको र सस्तो पसलमा परिवारलाई चाहिने बस्तुहरु किन्नुपरेको घटनाको स्मरण गराएका थिए ।




प्रतिक्रिया