०१ चैत २०८२, आइतबार
Sun, Mar 15, 2026
SUBSCRIPTION

प्रधानमन्त्री ओली चीनमा

प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरिष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली चीनमा


 
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरिष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए । 

प्रधानमन्त्री ओली सहीतको नेपाली प्रतिनिधिमण्डल बेइजिङस्थित सरकारी अतिथिगृह स्टेट गेष्ट हाउसमा बसेको छ ।सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाली समय अनुसार सोमबार विहान ११ बजे बेइजिङ प्रस्थान गरेका थिए । 

भ्रमण टोलीमा प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, सुरक्षाकर्मी, चिकित्सक, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीहरूलगायत छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग डिसेम्बर ३ मा बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान तथा सहमतिमा हस्ताक्षेर गन्र्ले े कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

प्रतिक्रिया