०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणको लागि चीन प्रस्थान

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार विहान हिमालय एयरलाइन्सको चार्टर उडानमार्फत् बेइजिङ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणको लागि चीन प्रस्थान

 
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार विहान हिमालय एयरलाइन्सको चार्टर उडानमार्फत् बेइजिङ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता रहेको छ । भ्रमण टोलीमा प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, सुरक्षाकर्मी, चिकित्सक, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीहरूलगायत छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग डिसेम्बर ३ मा बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान तथा सहमतिमा हस्ताक्षेर गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

डिसेम्बर ४ मा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


प्रधानमन्त्री ओली डिसेम्बर ५ मा स्वदेश फर्कने कार्यतालिका छ । यस भ्रमणको क्रममा चीनको वैदेशिक परियोजना बिआरआई फ्रेमवर्क बारेको महत्वपूर्ण आयोजनामा सम्झौता गर्ने तयारी रहेको छ । बिआरआई परियोजनामा ऋण वा अनुदान भन्नेमा विवाद रहेको सत्तारुढ दलवीच पछिल्लो समय अहमति भएपछि चीनसंग बिआरआई बारेमा सम्झौता हुन लागेको हो ।
 

प्रतिक्रिया