०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ६२ प्रतिशत मतदान

एउटा मात्रै मतदानस्थल रहेको स्थानीय निकायमा आइतबारबाटै मतगनणा समेत शुरु भएको पनि आयोगले जनाएको छ । अन्य स्थानीय निकायमा भने मतदान स्थलबाट मतपेटिका संकलन गरी सकेपछि मतगनणा शुरु गरिनेछ ।
उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ६२ प्रतिशत मतदान

 

काठमाडौ । किर्तिपुर नगरपालिकाका मेयरलगायत देशभरका विभिन्न स्थानीय निकायका ४१ पदका लागि भएको स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयेगले जनाएको छ । उपनिर्वाचनमा २ लाख १६ हजार मतदाता मध्ये करिब ६२ प्रतिशत मतदान भएको छ । 

एउटा मात्रै मतदानस्थल रहेको स्थानीय निकायमा आइतबारबाटै मतगनणा समेत शुरु भएको पनि आयोगले जनाएको छ । अन्य स्थानीय निकायमा भने मतदान स्थलबाट मतपेटिका संकलन गरी सकेपछि मतगनणा शुरु गरिनेछ । 

उपनिर्वाचनमा २० राजनीतिक दलका २४७ जन र स्वतन्त्रबाट १०२ जनाले उम्मेद्धारी दिएका थिए । ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल)को मात्रै उम्मेदवारी परेकोले निर्विरोध भइसकेका र रूकुम पूर्वी जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको मात्र उम्मेदवारी परेकोले निर्विरोध भइसकेका छन् । त्यस बाहेक १ नगरपालिकाका प्रमुख १ उपप्रमुख, गाउँपालिकाका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचनमा भएको हो । 

प्रतिक्रिया