न्यू योर्क । ठमेल एनवाईसी इभेन्ट्सले नेपालीहरुको दोश्रो महान चाड तिहारको अवसरमा द सो नामक सांगितिक कार्यक्रम गर्दैछ। नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र प्रवद्र्धन गर्नका लागि कार्यक्रम गर्न लागेको आयोजक मध्येका एक लेलिन कँडेलले जानकारी दिए। न्यू योर्कको म्यानहटनमा अवस्थित मेलरोज बलरुममा यही नोभेम्बर १ तारिख हुने सो मा द एलिमेन्ट्स् व्याण्ड, र्यापर दोङ र डिजे विश्वले प्रस्तुति दिदैंछन्। हजार सिट भन्दा बढी क्षमता भएको हलमा हुन लागेको सो को शुरुमा गाउँ एण्ड गल्लीको प्रस्तुति रहने छ। बिहान ४ बजे सम्म चल्ने सो मा पार्टीपछि डिजे वाङले दर्शकलाई डिजे पार्टीमा नचाउने कार्यक्रम रहेको आयोजक कँडेलको भनाई छ। द एलिमेन्ट्स् व्याण्ड र र्यापर दोङ पहिलो पटक सो को लागि अमेरिका आउन लागेको हो। युवामाझ चर्चित व्याण्ड द एलिमेन्ट्स्को बिर्सिने हौ कि, ठुला ठुला शहर, सपनाको मायालु लगायत बोलका गीत चर्चित छन्। त्यस्तै र्यापर दोङको दश टाउके रावण, सक्दिन, फरक छैन लगायत गीत चर्चित छन्। हिपहप र्यापर दोङ नेपालका महंगा र्यापर हुन्।
र्यापर दोङको वास्तविक नाम महेश दोङ भए पनि नेपाली हिपहपको दुनियाँमा उनी एक स्थापित नाम हो।
सो कार्यक्रमको टिकट अनलाइन मार्फत पनि लिन सकिने आयोजकले जनाएको छ । टिकटको मुल्य भिआइपीको ९० डलर तोकिएको छ भने जेनेरल टिकटको मुल्य डलर ७० राखिएको छ। फिजिकल टिक र सामुहिक टिकटको लागि भने ठमेल एनवाइसीमा सम्पर्क गर्न सकिने छ। सामुहिक टिकट लिन चाहनेहरुलाई डिस्काउन्टको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। नेपाली संगीतको प्रवद्र्धनका लागि ठमेल एनवाईसी इभेन्ट्सले केही महिना अघि गायक शुशान्त केसीको सो म्यानहटनको चर्चित हल प्यालेडियम टाइम्स स्क्वायरमा र सज्जन राज वैद्यको सो टर्मिनल फाइभमा आयोजना गरेको थियो। ठमेल एनवाईसी इभेन्ट्सले नेपाली गीत संगीत केन्द्रित गरेर विभिन्न इभेन्ट आयोजना गर्दै आएको छ।
तिहारको विशेष प्रस्तुतिको रुपमा द एलिमेन्ट्स् व्याण्ड, र्यापर दोङ र डिजे विश्व न्यू योर्कमा प्रस्तुत गरिएकोले सबैलाई सहभागी भएर कार्यक्रम सफल पार्न सहयोग गर्न आयोजकले आग्रह गरेको छ।





प्रतिक्रिया