१० असार २०८३, बुधबार
Wed, Jun 24, 2026
SUBSCRIPTION

प्रारम्भिक मतदान (अर्ली भोटिङ) सुरु

प्रारम्भिक मतदान (अर्ली भोटिङ) सुरु

न्यू योर्क। अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक मतदान (अर्ली भोटिङ) आज बिहान ८ बजे सुरु भएको छ। प्रारम्भिक मतदान अक्टोबर २६ देखि नोभेम्बर ३ सम्म हुनेछ। 

नामावली दर्ता गरेका मतदाताले अक्टोबर २६, २७, नोभेम्बर २, ३ मा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म र अक्टोबर २८, २९, ३०, ३१ र नोभेम्बर १ मा बिहान ८ बजेदेखि साँझ ८ बजे सम्म प्रारम्भिक मतदान गर्न सक्नेछन्। नोभेम्बर ४ भने शून्य समय भएकाले मतदान हुने छैन। 

मुख्य मतदान भने नोभेम्बर ५ मा हुनेछ। उक्त दिन बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म मतदान गर्न सकिने छ। हुलाकबाट प्रारम्भिक मतदान गर्न भने सम्बन्धित ठाउँको निर्वाचन आयोग (बोर्ड अफ इलेक्सन) मा आवेदन दिनु पर्नेछ। यस्तो आवेदन दिने अन्तिम मिति पनि आज (अक्टोबर २६) रहेको निर्वाचन आयोगले जनाएको छ। 

यो निर्वाचनमार्फत अमेरिकाको राष्ट्रपति, उपराष्ट्रपति, अमेरिकी सिनेटर, कङ्ग्रेसम्यान, स्टेट सिनेटर, एसेम्ब्ली मेम्बर, सुप्रिम कोर्ट जस्टिस, सरोगेट कोर्ट जस्टिस र जज फर सिभिल कोर्ट काउन्टी निर्वाचित हुनेछन्।

 

प्रतिक्रिया