एजेन्सीहरु। लेबनानका लडाकु समूह हेजबुल्लाहले प्रयोग गर्ने पेजर विस्फोटमा परी १२ जना मृत्यु भएको एकदिनपछि अर्को सञ्चार साधान वाकी टाकी विष्फोट भएको छ । यो विष्फोटमा परी थप २० जनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अघिल्लो दिन दिउसो हेजबुल्लाह लडाकुहरुले बोक्ने पेजर विष्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो ।
बेरुत र दक्षिणी लेबनानका विभिन्न स्थानमा बुधबार दिउसो विष्फोट भएको हो। दोस्रो दिनको विष्फोटमा परि ५सय भन्दा बढी घाइते भएका छन्। इरान समर्थित लेबनानी सैन्य समूह हेजबुल्लाहले प्रयोग गर्दै आएको पेजर मंगलबार दिउसो लेबानानका विभिन्न शहरहरुमा एकै समयमा विस्फोट भएको थियो । विष्फोटबाट घाइतेमध्ये झण्डै २ सय जनाको अवस्था गम्भीर रहेको लेबानानका स्वास्थ्य मन्त्रालयले जनाएका बिबिसीले उल्लेख गरेको छ । विष्फोटमा इजरायल जिम्मेवार रहेको भन्दै हिजबुल्लाहले बदला लिने चेतावनी दिएको छ । आफ्ना लडाकुहरुलाई लक्षित गर्दै लगतार विष्फोट गराएपछि हिज्बुल्लाह र इजरायलवीच थप तनाबको अवस्था सिर्जना भएको छ ।
लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजर र वाकी टकी विस्फोट भएको हो । मोबाइल प्रयोग गर्दा लडाकु समूहको सजिलै पहिचान हुने भन्दै सो समूहले पेजर र वाकी टाकी प्रयोग गर्दै आएको थियो ।
प्रतिक्रिया