२८ माघ २०८२, मङ्गलबार
Tue, Feb 10, 2026
SUBSCRIPTION

न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ भव्य रूपमा सम्पन्न : ३ लाख ५९ हजार डलर संकलन

न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ भव्य रूपमा सम्पन्न : ३ लाख ५९ हजार डलर संकलन

नेपाली–अमेरिकन विभिन्न संघ–संस्था तथा स्थानिय नेपाली मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा रिजउड नेपाली समाज (च्ल्क्) द्वारा आयोजित न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ भव्य रुपमा सम्पन्न भएको छ ।

न्यूयोर्कस्थित एक मात्र नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्र रिजउडमा जनवरी ३ देखि फेब्रुअरी १ सम्म सञ्चालित स्वस्थानी महोत्सव २०२६ मर्यादित तथा ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएकोमा रिजउड नेपाली समाजले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

महिना दिन सम्म सञ्चालन भएको धार्मिक तथा सांस्कृतिक महोत्सवमा करिब ६,००० भन्दा बढी श्रद्धालु भक्तजनहरूको प्रत्यक्ष सहभागिता रहेका भन्दै समाजले महोत्सव सफल रुपमा सम्पन्न भएकोमा अत्यन्त गौरवान्वित भएको जनाएको छ ।

कार्यक्रम संयोजक अमित प्रताप शाहले महोत्सवले नेपाली समुदायको आस्था, संस्कार, सांस्कृतिक पहिचान तथा सामूदायिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको बताए ।

न्यूयोर्क क्षेत्रमा बढ़ेको चिसो हिमपात तथा अन्य प्रतिकूल परिस्थितिका बाबजुद पनि दैनिक रूपमा कथा–पाठ, पूजा–आराधना, आरती, कर्ता (यजमान) सेवा, प्रसाद वितरण तथा सांस्कृतिक–आध्यात्मिक कार्यक्रमहरू निरन्तर सञ्चालन हुनु नेपाली समुदायको एकता, अनुशासन र संगठनात्मक क्षमताको सशक्त उदाहरण भएको जनाएको छ ।

महोत्सवमा कुल ३ लाख ५८ हजार ९ सय चौहत्तर अमेरिकी डलर एकासी सेन्ट (३,५८,९७४.८१) संकलन भएको छ। उक्त धनराशी मध्ये

डीटीएनसी पहिले नै प्रतिबद्धता गरिएको रकम जम्मा ५० हजार ७ सय ५२ डलर ५६ सेन्ट संकलन भएको समाजले जनाएको छ । त्यस्तै, मूर्तिहरू पुनस्र्थापनाको लागि ६२ हजार ५ सय १२ डलर तथा मन्दिर सञ्चालनको निमित्त प्रतिदिन एक डलर ( मुठी दान) सामुदायिक अभियान” अन्तर्गत हाल सम्म ११० जना बाट १३ हजार १ सय ३ डलर प्राप्त भएको जनाएको छ ।

बाँकी रकम श्रीस्वस्थानी महोत्सव २०२६ अवधिभर विभिन्न कर्ता÷यजमान, दाताहरू तथा श्रद्धालु भक्तजनहरूको स्वेच्छिक दान बाट प्राप्त भएको हो।

यी सबै संकलित रकमहरू दुर्गा मंदिर (नेपाली मन्दिर), सामुदायिक तथा सांस्कृतिक केन्द्रको जारी पुनर्निर्माण तथा निरन्तर सञ्चालनका निमित्त खर्च गरिने समाजद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।

समाजले नेपाली मन्दिर (दुर्गा मंदिर), समुदाय तथा सांस्कृतिक केन्द्रको भवन खरिद र पुननिर्माणको लागि लिइएको कुल ऋण मध्ये ११ लाख ८० हजार अझै भुक्तानी गर्न बाँकी रहेको नेपाली समुदायलाई जानकारी गराएको छ साथै, जारी पुनर्निर्माण कार्य अन्तर्गत करिब ८० हजार अमेरिकी डलर भुक्तानी गर्न बाँकी रहेको जनाएको छ।

समाजका अध्यक्ष राजेश भट्टले केन्द्रको मासिक गृहकर्जा (मोर्गेज) प्रति महिना  १० हजार ५ सय अमेरिकी डलर रहेकाले महोत्सवमा संकलित रककमले ठुलो राहत प्रदान गरेको बताए । अध्यक्ष भट्टले अझ बाँकी सामाजिक दायित्वहरू पूरा गर्न समुदायको निरन्तर सहयोग, समर्थन र सहभागिता अत्यन्त आवश्यक रहेको बताए ।

त्यसैगरी न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ सफल आयोजनामा योगदान पु¥याउनु हुने दुबै गुरूहरू, मुख्य आयोजक समिति, उपसमिति संयोजकहरू, सञ्चालन तथा व्यवस्थापन टोली, स्वयंसेवकहरू, कर्ता, यजमानहरू, दाताहरू, प्रायोजकहरू, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक प्रस्तुतिमार्फत कार्यक्रमलाई जीवन्त बनाउनु हुने प्रस्तुतिकर्ताहरू, मिडिया तथा कम्युनिटी पार्टनरहरू, सहभागी सरकारी पदाधिकारीहरू, साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति समाजले हार्दिक धन्यवाद, साधुवाद तथा कृतज्ञता व्यक्त गरेको जनाएको छ ।

महोत्सवले आर्थिक मात्र होइन, हाम्रो साझा आस्था, संस्कार, सांस्कृतिक पहिचान र सामुदायिक एकताको दीर्घकालीन आधारलाई अझ मजबुत बनाएको समाजको भनाई छ। साथै समाजले यही एकता, विश्वास र सेवाभाव आगामी दिनहरूमा पनि निरन्तर रही रहने छ भन्ने दृढ विश्वासका साथ, बाँकी दायित्वहरू पूरा गर्न तथा नेपाली मन्दिर, समुदाय तथा सांस्कृतिक केन्द्रलाई पूर्ण रूपमा सुदृढ बनाउन सबैमा निरन्तर सहयोग, सहभागिता र समर्थनको लागि हार्दिक अनुरोध गरेको छ ।

समाजले जारी गरेका विज्ञप्ती जस्ताको तस्तै ।

प्रतिक्रिया