०५ चैत २०८२, बिहिबार
Thu, Mar 19, 2026
SUBSCRIPTION

ट्रम्पले ग्रीन कार्ड लटरी कार्यक्रम स्थगित गरे

ट्रम्पले ग्रीन कार्ड लटरी कार्यक्रम स्थगित गरे

वाशिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले डीभी एक कार्यक्रम तुरुन्तै रोक्न युएस सिटिजनशिप एन्ड इमिग्रेसन सर्भिसेसलाई निर्देशन दिएको छ । यो कार्यक्रम डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्रामअन्तर्गत पर्ने ग्रीन कार्ड लटरी प्रक्रियाको एक हिस्सा मानिन्छ ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले दिएको निर्देशनपछि प्रक्रिया रोकिएको समाचारमा जनाइएको छ । रोयटर्सका अनुसार, स्थगनको कारणबारे प्रारम्भिक घोषणामा विस्तृत विवरण दिइएको छैन ।

तर पछिल्ला रिपोर्टहरूका अनुसार, यो कदम ब्राउन युनिभर्सिटी र एमआइटिसँग जोडिएका हालसालैका गोलीकाण्डपछिको सुरक्षा बहसमै केन्द्रित छ । क्लाउडियो नेभेस भालेन्ते नामका पोर्चुगलका नागरिक उक्त घटनाका संदिग्ध भएको र उनले सन् २०१७ मा ग्रीन कार्ड लटरी प्रक्रियामार्फत स्थायी बसोबास प्राप्त गरेको विवरण सार्वजनिक भएपछि ट्रम्प प्रशासनले कार्यक्रम रोक्ने निर्णय गरेको बताइएको छ । 

डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम कंग्रेसले बनाएको कानुनी कार्यक्रम हो, जसले अमेरिकामा कम आप्रवासन हुने देशहरूका नागरिकलाई वार्षिक रूपमा ५० हजारसम्म आप्रवासी भिसा उपलब्ध गराउने व्यवस्था गर्दछ । युएस सिटिजनशिप एन्ड इमिग्रेसन सर्भिसेसको आधिकारिक जानकारीमा पनि वार्षिक सीमाबारे उल्लेख छ ।

डीभी रोकिएपछि प्रक्रियामा रहेका फाइलहरूआगामी चरण, वा सम्बन्धित मितिहरूमा कस्तो असर पर्छ भन्नेबारे थप प्रस्ट निर्देशिका सार्वजनिक हुन बाँकी छ । यसैबीच, स्टेट डिपार्टमेन्टले पहिले नै डीभी २०२७ को दर्ता अवधि सम्बन्धी परिवर्तन लागू गर्दै “दर्ता सुरु मिति यथाशीघ्र घोषणा गरिने” जनाएको थियो । 

 

प्रतिक्रिया