२२ मंसिर २०८२, आइतबार
Sun, Dec 7, 2025
SUBSCRIPTION

सङ्घीय न्यायाधीशको आदेशपछि सरकारले 'कन्टिन्जेन्सी फन्ड' प्रयोग गरी 'फुड स्ट्याम्प'

सङ्घीय न्यायाधीशको आदेशपछि सरकारले 'कन्टिन्जेन्सी फन्ड' प्रयोग गरी 'फुड स्ट्याम्प'

न्यू योर्क। सङ्घीय अदालतको आदेशपछि ट्रम्प प्रशासनले 'फुड स्ट्याम्प' का लागि कन्टिन्जेन्सी फन्ड प्रयोग गर्ने भएको छ। सङ्घीय सरकार बन्द भएका कारण बजेट पारित हुन नसक्दा फुड स्ट्याम्प (स्न्याप) का लागि वितरण गर्ने खर्च सकिएको थियो। त्यसपछि ट्रम्प प्रशासनले फुड स्ट्याम्प वितरण नगर्ने तयारी गरेको थियो। 

करिब ४ करोड १७ लाख अमेरिकीले फुड स्ट्याम्प प्रयोग गर्छन्। यो अमेरिकाको जनसङ्ख्याको करिब १२ दशमलव ३ प्रतिशत हो। फुड स्ट्याम्प बन्द भए यी मानिस खाद्य सङ्कटमा पर्छन्। तर, अदालतको आदेशसँगै सरकारले फुड स्ट्याम्प कार्यक्रम अन्तर्गत नोभेम्बरको रकम पूर्ण रुपमा वितरण गर्ने भएको छ। सुरुमा सरकारले फुड स्ट्याम्प रोक्ने वा घटाउने सङ्केत गरेको भन्दै अदालतले कडा आपत्ति जनाएको थियो। अदालतको आदेशपछि कन्टिन्जेन्सी फण्डको करिब ६ अर्ब डलर खर्च गरिने भएको छ। 

विभिन्न राज्य सरकार र अधिकारकर्मीहरूले सङ्घीय सरकार शट डाउन सुरु भएपछि भत्ता रोक्न नहुने माग गर्दै आएका थिए। उनीहरूले आकस्मिक अवस्थाका लागि राखिएको यही कोषबाट रकम प्रयोग गरेर फुड स्ट्याम्प वितरण गर्नुपर्ने तर्क गरेका थिए। तर ट्रम्प प्रशासनले सुरुमा नोभेम्बर महिनाको फुड स्ट्याम्प भत्ता पूर्ण रूपमा वितरण गर्न अस्वीकार गरेको थियो। साथै, बजेट स्वीकृत नहुँदासम्म भत्ता कटौती वा स्थगन हुन सक्ने सङ्केत गरेको थियो। केही राज्यहरूले फुड स्ट्याम्प रोकिने अनुमान गरि तयारी समेत गरेका थिए। 

प्रतिक्रिया