शिहान शान्त थोकर आइएमए निहोन कराते डो युएसएका संस्थापक, प्रमुख प्रशिक्षक एवं च्याम्पियन्सिप निर्देशक हुन्। उनको नेतृत्वमा नोभेम्बर २३, २०२५ मा न्युयोर्कको क्वीन्समा दोश्रो एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप हुन गइरहेको छ। यो उनको दोस्रो अन्तर्राष्ट्रिय स्तरको कराते प्रतिस्पर्धा कार्यक्रम हो जहाँ विभिन्न देशका पाँच सयभन्दा बढी खेलाडि सहभागी हुनेछन्।
थोकर करातेको प्रवद्र्धन गर्न समर्पित एक नेपाली प्रशिक्षक हुन् भने उनको संस्था संयुक्त राज्त अमेरिकाको पहिलो नेपाली कराते स्कुल हो। उनी आफ्नो कार्यमार्फत नेपाल र नेपालीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने कोशिशमा छन्। उनले युवाहरूलाई सशक्त बनाउने, सामुदायिक सम्बन्धलाई बलियो बनाउने र अमेरिकाभरि प्रतियोगिता, सेमिनार र प्रशिक्षण कार्यक्रमहरू मार्फत करातेलाई अगाडि बढाउने र नेपाली पहिचान गर्विलो बनाउने काम गर्दै आएका छन्। दोश्रो एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप तयारीकै सेरोफेरोमा एनवाईसी नेपाल न्यूज डटकमकी सम्पादक मच्छे डी गुरुङले सिहान थोकरसँग कुराकानी गरेकी छन्। उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।




प्रतिक्रिया